भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण : अमेरिका र कोलम्बियामाथि आरोप

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण : अमेरिका र कोलम्बियामाथि आरोप

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई निशाना बनाएर शनिबार ड्रोन आक्रमण भएको छ। प्रत्यक्ष सम्बोधन गरिरहेका मादुरोको नजिकै विस्फोटक पदार्थले भरिएको ड्रोन खसेको थियो।

राष्ट्रपति मादुरोले उक्त आक्रमण अमेरिका र छिमेकी देश कोलम्बियाले गरेको आरोप लगाएका छन्। आक्रमणलगत्तै मादुरोले भने, ‘यो आक्रमण मेरो हत्या गर्ने उद्देश्यले गरिएको थियो। उनीहरूले आज मलाई मार्ने प्रयास गरे।’ मादुरोले कोलम्बिया र अमेरिकाको आर्थिक सहयोगमा हत्या गर्न खोजेको दाबी गरे। केहीले भने उक्त आक्रमणमा भेनेजुएलाका विपक्षी पार्टीको हात रहेको आशंका गरेका छन्। कोलम्बियाले उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेको छ। कोलम्बियाका अधिकारीले मादुरोको आरोप निराधार भएको बताए।

मादुरोले काराकासमा सयौं सैनिकलाई सम्बोधन गरिरहेका बेला आक्रमण भएको थियो। आक्रमणबाट राष्ट्रपति मादुरोलाई कुनै चोट लागेको छैन। अग्निनियन्त्रकले उक्त आक्रमणलाई निष्क्रिय बनाएका थिए। मादुरोले सम्बोधन गरिरहेको ठाउँका छेउछाउका घरका सिसा फुटेका छन्। भेनेजुएलाका सूचनामन्त्री जर्ज रोद्रिगेजले मादुरोमाथि आक्रमण भएको तर उनी सुरक्षित रहेको पुष्टि गरेका छन्। आक्रमणमा ७ जना गम्भीर घाइते भएका छन्। संवैधानिक सभाको पहिलो वार्षिकीको अवसरमा उक्त सम्बोधन आयोजना गरिएको थियो। उक्त संवैधानिक सभामा मादुरोप्रति बफादारको बहुमत छ। हाल भेनेजुएलाको अर्थव्यवस्था निकै खस्कँदो छ। राजनीतिक संकट बढेका कारण अन्तर्राष्ट्रियस्तरमा भेनेजुएला एक्लिएको छ। भेनेजुएला अत्यधिक तेल निर्यात गर्नेमध्ये एक देश हो।

हाल हजारौं भेनेजुएलाली नागरिक देश छोडेर पलायन भएका छन्। भेनेजुएलामा खाद्यान्न र औषधिको ठूलो संकट बढेको छ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार यहाँ दश हजार गुणासम्म मूल्यवृद्धि भएको छ। ५५ वर्षीय समाजवादी नेता मादुरोले सन् २०१३ मा ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका हुन्। सत्ता सम्हालेसँगै उनले अदालत, निर्वाचन आयोग संस्थामाथि आफ्नो पकड राख्दै आएका छन्। मादुरोलाई यहाँको सेनाको पनि समर्थन छ। मादुरोले अमेरिकाले आफूमाथि आक्रमण गराउने गरेको आरोप लगाउँदै आएका छन्। अमेरिकाले आफ्नो देशका विपक्षीलाई सहयोग गरेर कु गराउन खोजेको पनि दाबी गर्ने गरेका छन्। विदेशी आतंककारीका कारण भेनेजुएलामा आर्थिक समस्या बढेको र अशान्ति मच्चिएको उनको भनाइ छ।

गत वर्ष सम्पन्न निर्वाचन विपक्षीले बहिष्कार गरेका थिए। चार महिनासम्म सडकमा प्रदर्शन भएको थियो। प्रदर्शनमा सेनाले हस्तक्षेप गरेपछि १ सय २५ भन्दा बढीको ज्यान गएको थियो। राष्ट्रिय संवैधानिकमा सन् २०१५ मा भएको निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको थियो। आफूलाई काम गर्न अप्ठेरो भएपछि मादुरोले नयाँ निर्वाचन गराएका थिए। अमेरिका र उसका मित्रहरूले भेनेजुएलामा प्रजातन्त्रको हत्या भएको बताउँदै आएका छन्।

संलग्नता छैन  :  अमेरिका

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई लक्षित गरिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको संलग्नता’ नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएका छन्। भेनेजुएलाका राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा मादुरोलाई आक्रमण प्रयास गरिएको थियो। अमेरिकी फक्स टेलिभिजनसँग कुराकानी गर्दै आक्रमणमा अमेरिकी संलग्नता नरहेको बोल्टनले बताएका हुन्।

बोल्टनले घटनाप्रति शंका गर्दै भने, ‘घटना भेनेजुएलाको मादुरो सरकारद्वारा आफैं रचेको प्रपञ्च वा अन्य केही भएको हुनसक्छ।’ घटनामा अमेरिकी संलग्नता रहेको प्रष्ट सूचना भए त्यसलाई गम्भीरतासाथ हेर्ने उनले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.