गर्भपतन गराउने प्रेमी पक्राउ

गर्भपतन गराउने प्रेमी पक्राउ

राजविराज : एक किशोरीको गर्भ तुहाएको आरोपमा सप्तरी प्रहरीले उनका प्रेमीलाई आइतबार पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीको गर्भ तुहाएको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका–९ रघुनाथपुरका २० बर्से सञ्जय सरदारलाई पक्राउ गरेको छ । आरोपितलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणलगायत आवश्यक अनुसन्धान भइरहेको डीएसपी भावेश रिमालले बताए ।

पाँच महिनाकी गर्भवती किशोरीसँग विवाह गर्ने बहानामा गाउँबाहिर लगेर गर्भपतन गराएको ती किशोरीले बताइन् । काठमाडौं गएर विवाह गर्ने भनेर घरबाट लगेका सरदारले सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा गर्भपतन गराएको पीडित किशोरीले बताइन् । गर्भपतन गराएपछि रक्त श्राव नरोकिँदा उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ ।

आपसी सहमतिमा उनीहरूबीच पटक पटक शारीरिक सम्बन्ध हुँदै आएपछि किशोरी गर्भवती भएकी थिइन् । ‘विवाहको आश्वासन दिएर यौनसम्पर्क गरेपछि गर्भवती भएँ’, किशोरीले भनिन, ‘पछिल्लो पटक गत साउन ३ गते विवाह गर्न काठमाडौं जाउँ भनेर कल्याणपुरको एक निजी अस्पतालमा लगेर गर्भपतन गरायो ।’ आफूले गर्भ तुहाउन नमान्दा सञ्जयले बाध्य बनाएर गर्भपतन गराएको बताउँदै उनले ती अस्पतालका स्वास्थ्यकर्मीहरूले समेत सञ्जयलाई सघाएको आरोप लगाइन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सरदारले पछि विवाह गर्ने सर्तमा आपसी सहमति गरेरे गर्भपतन गराएको बताए । सञ्जयका अनुसार पछि विवाह गर्ने गरी हाल परिवारको नाममा रहेको एक कठ्ठा जग्गा उनको नाममा रजिस्ट्रेसन गर्ने सर्त नमानेकै कारण प्रेमिकाले उजुरी दिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.