घट्यो सेयर बजार
काठमाडौँ : सेयर बजारमा सामान्य कमी आएको छ। आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ।
कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता सेयर १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ। स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको सेयर ६.३६ बिन्दुले बढेको छ।
यस्तै होटल ६.०३, विकास बैंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको सेयर १६.७३ बिन्दुले घटेको छ।
सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले आज कमाउन सफल भएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ता भने गुमाउन वाध्य भए।