नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने अहेवविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने अहेवविरुद्ध मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र  पेश गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एकजना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गल्याङ नगरपालिका स्याङ्जाका अहेव दुर्गाप्रसाद भट्टराईले एलएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तरगत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति भइ  तह-तहहुँदै सिनियर पदसम्म बढुवा भइ सो तहको ओहदा,लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरी घिमिरेले एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अहेव भट्टराईले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय,वाराणसी,भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी सरकारी  सेवा प्रवेश गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

 उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कैद र जरिवाना हुन मागदावी गरेको अख्तियारले  जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.