संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकजुट

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकजुट
सुन्नुहोस्

काठमाडौं : संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन्।  शुक्रबार  नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा छानबिन समिति बनाउन शीर्ष नेताहरू सहमत भएका हुन्।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी दलहरू सहमत भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
ती नेताले भने,'संसदीय  छानबिन समिति गठन हुनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ।'

बैठकमा कांग्रेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा सहभागी थिए। बिहीबार प्रतिनिधिसभामा विरोधकै बीच सभामुख देवराज घिमिरेले पेलेर सदन अगाडि बढाएपछि कांग्रेस  झनै आक्रामक बनेको छ।

उसले सभामुखको भूमिका तटस्थ नभएको निष्कर्ष निकालेको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

समिति नबनेसम्म आफू पछि नहट्ने उसले  अडान लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.