भक्तपुरमा साढे १८ हजार भूकम्पपीडितका घर बन्न बाँकी

भक्तपुरमा साढे १८ हजार भूकम्पपीडितका घर बन्न बाँकी

भक्तपुर : भक्तपुरमा अझै १८ हजार ६ सय ५२ भूकम्पपीडितका आवास बन्न बाँकी छन्। भूकम्पको चार वर्ष पूरा हुँदा पनि भक्तपुरमा ४ हजार ९ सय ४० जनाले मात्र सरकारी अनुदानमा निजी आवास बनाएका छन्।

भक्तपुरमा २८ हजार ३ सय २ जना भूकम्पपीडित लाभग्राही छन्। तीमध्ये २३ हजार ५ सय ९२ जनाले निजी आवास निर्माण गर्न पहिलो किस्ता बुझेका थिए। पहिलो किस्ता बुझेका ४ हजार ९ सय ४० जना भूकम्पपीडितले मात्र गएको साउन १५ सम्म दोस्रो किस्ता बुझेका छन्। ४ हजार ३ सय ७४ जनाले मात्र तेस्रो किस्ता बुझेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस मसान्तभित्र तेस्रो किस्ता बुझिसक्नुपर्ने जनाएको छ।

प्राधिकरणको भक्तपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख ध्रुव गैंडाले सुरुमा २६ हजार ६६ जनामात्र लाभग्राही रहेकामा छुट सर्भे र भूकम्पपीडितले दर्ता गरेको गुनासो सम्बोधन गर्दा २ हजार २ सय ३६ जना लाभग्राही थपिएको जानकारी दिए। ‘गुनासो सम्बोधनपछि १५ सय ७८ जना र छुट सर्भेबाट ६ सय ५८ जना थपिए’, उनले भने। उनले घरजग्गाको बहुस्वामित्व भएकाले पहिलो किस्ता लगेका अधिकांश भूकम्पपीडितले सम्झौताअनुसार घर बनाउन नपाएको बताए। ‘बहुस्वामित्व रहेका भूकम्पपीडितले कागजात पेस गर्न नसक्दा पनि घर बनाउन पाएका छैनन्’, उनले भने, ‘घर बनाउन खोज्नेले पनि मापदण्डअनुसार नक्सापास गरेको पाइएको छैन।’

भक्तपुरका ४ मध्ये पुरानो भक्तपुरमा निजी आवास बनाउने भूकम्पपीडितको संख्या न्यून छ। पहिलो किस्ता लाने ५४ सय ६७ जना लाभग्राहीमध्ये ११ सय ९२ जनाले मात्र दोस्रो किस्ता बुझेका छन्। जग्गा थोरै भएर पनि घरको तलैपिच्छे लालपुर्जा भएका भक्तपुरका धेरै भूकम्पपीडित लाभग्राही सूचीमै परेका छैनन्। त्यस्तै पुस्तौंदेखि गुठीको जग्गामा घर बनाएर बसेका तर पुर्जा आफ्नो नाउँमा नभएका भूकम्पपीडित लाभग्राही सूचीमा परेका छैनन्।

भूकम्प पीडितको गुनासो सम्बोधनबाट ५ सय ९७ र छुट सर्भेबाट १ सय ३४ गरी भक्तपुरमा ७ सय ३१ जना लाभग्राही थपिएका छन्। भूकम्पपीडित लाभग्राही सूचीमा पर्न नसकेकाले भक्तपुरका केही ठाउँमा भूकम्पमा भत्केका घरको भग्नावशेषसमेत हटाइएको छैन। सरकारले भूकम्पपीडित लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा बाँकी ५० हजार रुपैयाँ भुक्तानी उपलब्ध गराउँदै आएको छ।

भक्तपुरमा भूकम्पले आंशिक क्षति पुगेका घरको प्रबलीकरण गर्न १ लाख रुपैयाँको अनुदान सम्झौता गरिएको छ। जसअनुसार ६ सय ७२ जना भूकम्पपीडितको नाउँ प्रबलीकरण अनुदान सम्झौता सूचीमा प्रकाशन गरिएको आयोजनाका प्रमुख गंैडा बताउँछन्। उनका अनुसार सम्झौता सूचीमा रहेका ५१ जनाले पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँसमेत बुझिसकेका छन्। बाँकी ५० हजार रुपैयाँ भने दोस्रो किस्तामा उपलब्ध गराइने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.