दिदीभाइको डुबेर मृत्यु
इटहरी : सुनसरीको रामधुनी ३ स्थित सिगिंया खोलामा भाडा माझ्ने क्रममा दिदीभाइको डुबेर मृत्यु भएको छ। उनीहरु डुबेको झण्डै ६ घण्टापछि प्रहरीले शव निकालेको छ।
स्थानीय दिनेश खड्काकी छोरी ११ वर्षीया सिर्जना खड्का र ७ बर्षका छोरा असमिन दिउँसो पानीमा डुबेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकालेको हो। भाडा माझ्ने क्रममा पानीमा भाडा बगेको र समात्न जाने क्रममा भाइ र दिदी क्रमशः डुबेको प्रहरीको भनाइ छ।
आमाले केही वर्षअघि नै छाडेर गएपछि उनीहरु बुबाको संरक्षणमा नहरको किनारमा बस्दै आएका थिए।