चितवनमा बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते
चितवन : सवारी दुर्घटनाका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो ।
राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो ।