हेटौँडाको ओम्याक्स सिनेमा हलमा आगलागी

हेटौँडाको ओम्याक्स सिनेमा हलमा आगलागी

मकवानपुरः प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडा उपमहानगरपालिकास्थित एउटा सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो । 

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ । 

ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन बाराको अमलेखगञ्जबाट दकमल मगाइएको छ । हैटौँडामा रहेको एक मात्र दमकलले आगो निभाउन नसकेपछि अमलेखगञ्जबाट अर्को दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हलबाट अझै धुवाँको मुस्लो निस्किरहेकाले आगो निभाउन अग्निनियन्त्रकलार्इ कठिन भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.