ओलम्पिकमा अनुहार चिन्ने प्रविधि

ओलम्पिकमा अनुहार चिन्ने प्रविधि

टोकियो : जापानमा आयोजना हुने आगामी ओलम्पिक खेलकुद प्रतियोगितामा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ। ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र पदाधिकारीको सुरक्षालाई ध्यानमा राखी अत्याधुनिक प्रविधिबाट निर्मित मानिसको अनुहार चिन्न सक्ने मेसिनको प्रयोग गरिने भएको छ। ओलम्पिक खेलकुदको इतिहासमा पहिलोपटक यस्तो प्रविधि प्रयोगमा ल्याउन लागिएको हो।

आगामी ओलम्पिक खेलकुद सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म टोकियोमा आयोजना हुँदैछ। आगामी ओलम्पिकका खेलहरू टोकियोका ४० भन्दा बढी खेलस्थलमा खेलाइनेछ। ती सबै खेलस्थलमा सुरक्षाका लागि यस्तो प्रविधि प्रयोग गरिने आयोजकको दाबी छ। ओलम्पिकमा प्रयोग गर्न लागिएको मानिसको अनुहार चिन्ने प्रविधि एनईसी कर्पोरेसनले तयार पारेको हो।

प्रत्येक खेलस्थल, ओलम्पिक भिलेज र मिडिया सेन्टरमा कम्प्युटर मोनिटरसहितको मेसिन राखिनेछ। त्यो मेसिनमा ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र स्वयंसेवकदेखि लिएर सञ्चारकर्मीसम्मको एक्रिडिएसन कार्डमा भएको तस्बिर र अन्य डाटाहरू पहिले नै राखिनेछ। त्यसैको आधारमा त्यो मेसिनले सही र गलत व्यक्ति पहिचान गर्ने आयोजकले जनाएको छ।

‘ओलम्पिक खेलकुदमा हामीले सुरक्षाव्यवस्थालाई विशेष प्राथमिकतामा राखेका छौं, हामीले प्रयोग गर्न लागेको प्रविधिले सुरक्षाव्यवस्थामा महŒवपूर्ण योगदान पु¥याउने विश्वास पनि लिएका छौं’, टोकियो ओलम्पिक आयोजक समितिका कार्यकारी निर्देशक तिसुयोसी इवासिता भन्छन्। उनले यो प्रविधिको विश्वसनीयताका लागि पटकपटक परीक्षणसमेत गरिएको बताएका छन्। यो प्रविधि जापानसहित ७० राष्ट्रमा यसअघिदेखि नै प्रयोगमा रहेको एनईसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.