कर वृद्धिको विरोधमा महानगरको गोटमा रक्तदान

कर वृद्धिको विरोधमा महानगरको गोटमा रक्तदान

 विराटनगर: कर बढाएको विरोधमा विराटनगर महानगरपालिकाको मुल गेटमा युवाहरुले बुधबार विहान १० बजे भेला जम्मा हुँदै थिए । 

उनीहरुबीचमा महानगरपालिकाले गरेको कर वृद्धिको चर्चा चलिरहेको थियो । कुनै अध्ययन नगरि महानगरपालिकाले कर बढाएपछि सर्वसाधरणलाई समस्या भएको भन्दै युवाहरु चिन्तित देखिन्थे । 

युवा संघ र वाईसीएल नेपालको अगुवाईमा कर वृद्धिको विरोधमा उत्रने निर्णय गरेका युवाहरु सडक तताएर र भौतिक संरचना तोडफोड गरेर तथा चर्का नारा लगाएर आन्दोलन गर्नुपर्छ भन्ने सोंचमा भने थिएनन् । 

रचनात्मक र सिर्जनात्मक हिसावबाट विरोध गरेर कर बृद्धिको निर्णय फिर्ता गराउने अभियानमा जुटेका युवाहरुले महानगरकै गेटमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । 

युवा संघ नेपाल मोरङका अध्यक्ष नवीन पौडेलका अनुसार महानगरपालिकाले गरेको कर बृद्धिको विरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

‘महानगरले एक हजार प्रतिशत सम्म कर बृद्धि गरेको छ । जुन कर आर्थिक अवस्था नाजुक भएकाले तिर्न सक्ने अवस्थाकै छैन,’ उनले भने, ‘त्यसको विरोधमा सडक तताउन आवश्यक देखिएन । त्यही भएर महानगरकै मुल गेटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।’ 

रक्तदान कार्यक्रममा संकलन भएको ३० पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई बुझाइएको छ । जनताले रगत र पसिना बगाएर मेहनत र परिश्रमले कमाएको सम्पत्तिमा पनि चर्को कर तिर्नु परेपछि त्यसको रचनात्मक विरोध स्वरुप रक्तदान गरिएको पौडेलको भनाइ छ । 

उनले रक्तदानबाट युवाहरु अवैध रुपमा गरिएको कर बृद्धिको विरोधमा रगत बगाउन तयार छन् भन्ने सन्देश पनि दिन खोजिएको बताए । पौडेलले जनताले पाउनै पर्ने र राज्यले प्रदान गर्नै पर्ने अनिवार्य सेवा सुविधामा एक हजार प्रतिशतसम्म कर वृद्धि गरेर जनतामारा निर्णय महानगरले गरेको पनि बताए । 

धनीलाई सहज र गरिवलाई असहज हुने गरी कर बृद्धि गरिएकोमा युवाहरुले विरोध गरिरहेको जानकारी उनले दिए । महानगरले गरेको कर बृद्धि अवैधानिक रहेको पनि उनको भनाइ छ । 

वाईसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य ईश्वरी आचार्यले कर बृद्धिको विरोधमा महानगरपालिकालाई एउटा ज्ञापन पत्र पनि बुझाइएको बताए । उनले अप्रत्यासित कर वृद्धि फिर्ता गरेर कर समायोजनका सवालमा पुर्नबीचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको जनाए । 

आचार्यले कर वृद्धि फिर्ता नगरे थप आन्दोलन गर्ने तयारी रहेको जानकारी दिए । कर वृद्धि वैज्ञानिक पनि नरहेको बताउँदै उनले भने, ‘कृषकले दुःख गरेर उत्पादन गरेको तरकारीमा बढी कर लगाइएको छ । मदिरा र सुर्तीजन्य पदार्थमा भने सामान्य कर लिने निर्णय भएको छ ।’ कर वृद्धिको शैलीको विरोध गर्दै त्यसलाई समायोजन गरेर जनपक्षीय बनाउनु पर्ने आफूहरुको माग रहेको आचार्यले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.