यस्ता पनि बाबु !
ताप्लेजुङ: ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुद्वारा छोरी बलात्कृत भएको समाचार सार्वजनिक भएको छ
१७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको भन्दै बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । आफुलाई बाबुले पटक पटक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुधबार जाहेरी दिएकी हुन् ।
आरोपितलाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
पीडितकी आमाको मृत्यु भइसकेको छ। घरमा रहेकी सौतेनी आमा पनि माइती गएको मौकामा राती ९ बजे घरमै बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
आफूलाई साउन ५ गते अघि पनि पटक पटक बलात्कार गरेको उनले खुलासा गरेकी छन् । घटना सार्वजनिक गर्न र यसअघि प्रहरी कार्यालयमा उजुरी गर्ने हिम्मत नभएकाले ढिला भएको पनि उनले बताएकी छन् । यो पटक भने हिम्मत जुटाएर प्रहरीमा उजुरी गरेको पीडितलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।