हिमतालमा तीन विद्यार्थी बेपत्ता : भ्रमण लाने शिक्षक निलम्बित

हिमतालमा तीन विद्यार्थी बेपत्ता : भ्रमण लाने शिक्षक निलम्बित

ओखलढुंगा : सोलुखुम्बुको गोक्यो तालमा डुबेर बेपत्ता तीन विद्यार्थीमध्ये एकजनाको शव निकालिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबा दिउँसो एउटा शव निकालेको हो। 

काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट शव निकालेको हो।  निकालिएको शवको सनाखत भइ सकेको छैन। अन्यको खोजी भइरहेको छ। 

सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता तीन विद्यार्थीको खोजी थालेका हुन्।  उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका पाँच-पाँचजनाको टोली खटिएको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। 

गत शनिबार घुम्ने क्रममा गोक्यो हिमताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीमध्ये तीनजना तालमा पौडी खेल्ने क्रममा डुबेका थिए।  गोक्यो सोलुखुम्बु जिल्लाको सबैभन्दा ठूलो हिमताल हो। यो ताललाई स्थानीय शेर्पा भाषामा ‘थोनाक’ भनिन्छ। यो हिमताल गोक्यो तेस्रो ताल (थर्ड लेक) का नामबाट पनि परिचित छ। 

हिमताल समुद्र सतहबाट चार हजार ७ सय ९० मिटरको उचाइमा पर्छ।  ताल रहेको ७ हजार ७ सय ७७ हेक्टर क्षेत्रलाई विश्व रामसार सूचीमा समेत सूचिकृत गरिएको छ। यो ताल १९६.२ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

शैक्षिक भ्रमण लाने शिक्षक निलम्बित 
यसैबीच खुम्जुङ आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको बिनाअनुमति विद्यार्थीलाई शैक्षिक भ्रमणमा लाने दुई शिक्षकलाई निलम्बन गरेको छ। 

हिमालयन ट्रष्टको आर्थिक सहयोगमा विद्यालयमा शिक्षकका रुपमा कार्यरत स्थानीय  छुङजिङ दोर्जी शेर्पा र भक्तपुरका रञ्जित बल निलम्बनमा परेका हुन्। 

शुक्रबार उनीहरुले ३३ विद्यार्थीलाई भ्रमणमा लगेका थिए। घटना छानबिन गर्न सहयोग गर्ने उद्देश्यले शिक्षक निलम्बन गर्नु सही भएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.