मन्त्री आउने सुइँको पाएपछि रातारात पुरियो बौद्ध-जोरपाटीका खाल्डा

मन्त्री आउने सुइँको पाएपछि रातारात पुरियो बौद्ध-जोरपाटीका खाल्डा

काठमाडौं : लामो समयदेखि भत्काएर अलपत्र छाडिएको बौद्ध–जोरपाटी सडकमा बिहीबार बिहान तामझामका साथ पूर्वप्रधानमन्त्रीसहितको टोली अनुमगनमा निस्कियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, यातायात मन्त्री रघुवीर महासेठ र सांसदहरु आउने सुइँको पाएपछि निर्माण कम्पनीले बौद्ध-जोरपाटीका खाल्डा बुधबार रातारात पुर्‍यो ।

खाल्डाखुल्डी भएको सडक छिचोल्दै हिलाम्मे भएर बुधबार राति अबेर घर पुगेका स्थानीय बिहान उठ्दा अचम्ममा परे । बिहीबार बिहान सबेरैसम्म गाडी नै पुरिने सडकका खाल्डा बिहान उठ्दा स्थानीयले देखेनन् । यसको अर्थ ठेकेदारले तीब्र गतिमा काम गरे भन्न खोजिएको हो । खास कारण भने अर्कै थियो  । सडक अनुगमनका लागि पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्री आउने सुइँको पाएपछि निर्माण कम्पनीले बुधबार रातभरि मजदुर लगाएर यो सडकखण्डका खाल्डा पुरेको हो ।

बिहीबार बिहान सडकका खाल्डा पुरिएको अवस्था देखेपछि कागेश्वरी-मनोहरा नगरपालिकास्थित थली चोकमा स्थानीयबासी जम्भा भएर कानेखुसी गरिरहेका थिए । यो बाटो ठेकेदारले रातारात बनाएको नभइ निरीक्षण आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको आँखा छल्न गरिएको एउटा 'नाटक' मात्रै थियो ।

बुधबार बिहानै पूर्वप्रम माधवकुरमा नेपाललाई अघिपछि लगाउँदै मन्त्री महासेठ केही कर्मचारी र सांसदहरुसहित चाबहिलबाट बौद्ध हुँदै थलीसम्म सडक अनुगमनमा निस्केका थिए । तर, त्यो सडकमा दैनिक हिँड्ने सर्वसाधरणलाई सास्ती दिने खाल्डा मन्त्री आउने थाहा पाएर ठेकेदलार कम्नपीले पुरिसकेको थियो ।

सडक निरीक्षणका क्रममा मन्त्री महासेठले तुरुन्तै सडक निर्माण गर्न नसके पनि सवारीसाधन गुडाउन अफ्ठेरो बनेका खाल्डाखुल्डी पुरिने आश्वासन स्थानीयबासीलाई बाँडेर फर्किए ।

मन्त्री महासेठले जनताको समस्या र पीरमर्का बुझेरै सडक मर्मतको कामलाई प्राथमिकतामा राखेको गफ पनि दिएका छन् । उनले भदौ १२ गतेभित्र सडका सबै खाल्डा पुरिसकिने आश्वासन पनि बाँडेका छन्।

स्थानीयबासीले भने मन्त्री महासेठलाई पानी परेको बेला अनुमगनमा आउनसमेत निम्तो दिएका छन्। पूर्व प्रम तथा नेता नेपालले छिटोभन्दा छिटो सडकको अवस्था सुधार्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए। उनले सडक निर्माणका क्रममा नीतिगत समस्या भए त्यसको समाधानका लागि आफूले पहल गर्ने समेत बताए।

सडक विस्तार गर्ने भन्दै ठेकेदारले भत्काएर समयमा निर्माण नगरेपछि बौद्ध-जोरपाटी सडक अस्तब्यस्त बनेको छ। पानी परे हिलो र घाम लागे धूलो हुने यो सडकखण्ड समयमै निर्माण नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।

यो सडकखण्ड भएर दैनिक स्कुल, कार्यालय र काम विशेषले आवतजावत गर्ने यात्रुको सास्ती वर्णन गरी साध्य छैन। पानी परेपछि तालमा परिणत हुने यो सडकको अनुगमनमा घाम लागेका बेला मन्त्री पुगेपछि स्थानीयले पानी परेपछि फेरि आउन भनेका हुन् ।

पानी पर्नासाथ सडक छेउका घरमा पानीको भल नै पस्छ । स्कुलमा नानी लिन गएका अभिभावक उतै थुनिन्छन्। उपचाररत विरामीले पनि यही सडकका कारण समयमा घर नपुग्दा औषधि खान पाउँदैनन् ।

सडक निर्माण नहुँदा पटकपटक स्थानीयले सडक अवरुद्ध गर्दै आएका छन्। हिलाम्मे र खाल्डाखुल्डी सडकमा सवारी दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ। पाँच मिनेट पानी पर्‍यो भने सडक नदीमा परिणत हुन्छ। सडकमा सवारी होइन, पानीको भेल बग्छ । बाटोकै कारण दुर्घटना बढेपछि स्थानीयले यो सडकखण्डको नाम 'कालमार्ग' नै राखेका छन्।

बाटोकै कारण कतिपय व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यता आएको उनीहरु बताउँछन् । यसअघि पनि नेता नेपालले नर्लिङ रिसोर्टमा स्थानीयको उपस्थितिमा मन्त्री, सचिव, सडक विभागका प्रमुख र ठेकेदारलाई राखेर सडकको काम तीव्र पार्न निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.