सिद्धिचरण नगरपालिकामा गाँजा खेति नष्ट

सिद्धिचरण नगरपालिकामा गाँजा खेति नष्ट

ओखलढुंगाः ओखलढुंगाको सदरमुकाममै गाँजा खेति गरेको पाइएको छ। सदरमुकास्थित सिद्धिचरण नगरपालिकाको- ८ र ११ मा प्रशासनको आँखै अगाडी स्थानीयले गाँजा खेति गरेको पाइएको हो । दुई वडाका विभिन्न स्थानमा करिब २ सय रोपनी जग्मा गाजा खेति गरेको पाइएको प्रहरीले जनाएको छ। 

व्यवसायिक प्रयोजनका लागि- ८ को सल्लेरी र -११ का विभिन्न स्थानमा करिब २ सय रोपनी क्षेत्रफलमा लगाइएको गाजा बिहीबार बिहान नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए। उनले १ हजार ५ सय बोट गाँजा फाडेर जलाएर नष्ट गरिएको बताए। 

ओखलढुंगाका विभिन्न गाउँमा यस अघि पनि स्थानीयले गाजा खेति गर्दै आएका थिए। तर, सदरमुकाम आसपासमै गाँजा खेति गरेको भेटिएको पहिलो पटक हो। स्थानीयले करेसाबारी, तरकारी रोप्ने, कुनाका जग्गामा खेति गरेकाले पहिचान गर्न असहज भएकाले खेति गरेर उत्पादन हुने अवस्थामा मात्रै सूचना पाएको प्रहरीले जनाएको छ।'

'सदरमुकाममै गाँजा खेति गरेको पाइयो, जिल्लाका सबै ठाउँमा सुक्ष्म अध्ययन गरेर नष्ट गर्ने, कारबाही गर्ने अभियान थालिएको छ' प्रहरी निरीक्षक भट्टराईले भने। 

प्रहरीले अन्य स्थानमा पनि गाजा खेति हुन सक्ने भएकाले सूचना संकलन थालेको छ। सबै ठाउँका अबैध गतिविधि रोक्न सूचना लिने र परिक्षण गरेर कारबाही थालिने प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए। जिल्लाका थाक्ले टोक्सेललगायतका स्थानमा यस अघि नियमित गाँजा खेति हुँदै आएको थियो । 

ओखलढुंगा र खोटाङको दुधकोशी किनार र आसपासमा उत्पादन हुने गाँजा यसअघि भारततिर निकासी हुँदै आएको थियो। प्रहरीले केही वर्ष पहिलेसम्म गाँजा अप्रेसन नै चलाउँदै आएको थियो। 

    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.