प्रदेशलाई मान्ने कि केन्द्रलाई ? प्रदेश सरकारको बिदामा खुले कार्यालय

प्रदेशलाई मान्ने कि केन्द्रलाई ? प्रदेश सरकारको बिदामा खुले कार्यालय

विराटनगर : प्रदेश १ सरकारले विहीबार दिएको बिदासम्बन्धी निर्देशनलाई सरकारी कार्यालयले अटेर गरेका छन् । प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी विश्व आदिवासी दिवसको दिन बिदा दिइएको थियो । 

यसको कार्यान्वयन गर्न गराउन भन्दै प्रदेशका चौधै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । तर, विहीबार जिल्ला प्रशासन कार्यालयसहतिका सरकारी कार्यालय पनि खुलेका छन् । 

प्रदेश सरकार मातहतका कार्यालय, निजी स्कुल, कलेज र स्थानीय तह भने बन्द रहे । जिल्ला प्रशासन कार्यालयमा खुला रहेपनि सेवाग्राही भने पुगेनन् । भन्सार, कर, हुलाकलगायतका धेरै सरकारी कार्यालय सूचारु थिए । 

संघीय सरकार मातहत रहेको भन्दै बिदा नदिइएका ती कार्यालयमा सेवाग्राहीको उपस्थिति भने देखिँदैन थियो । धेरै कार्यालयका कर्मचारी सेवाग्राही नआए पनि कार्यालय समयभर बसेर फर्केका थिए । 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयसँग सोध्दा कार्यालय सुचारु गराउनु भन्ने निर्देशन आएकोले बन्द नगरिएको बताए । ‘संघीय सरकार मातहतको कार्यालय भएकोले हामीले विदा दिनुपर्ने अवस्था रहेन’, उनले भने । 

केसीले बिदा गर्ने कि सूचारु गर्ने भन्ने विषयमा संघीय र प्रदेश सरकारबीच समन्वय अभावमा धेरैलाई अन्योल भएको बताए । प्रदेशका जिल्ला प्रशासनसहितका कार्यालय विहीबार खुला रहेका थिए ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला र कानुन मन्त्री हिक्मतकुमार कार्कीले संविधानतः प्रदेश सरकारलाई कानुन बनाउने र त्यसलाई कार्यान्वयन गराउने अधिकार प्राप्त भएको बताए  । ‘प्रदेशभरि दिइएको बिदा खै किन हो उहाँहरुले नमान्नु भएको बुझ्न सकिएको छैन’, उनले भने ।

कार्कीले नेपाल सरकारले बिदा दिँदा यहाँ रहेका विदेशी कुटनीतिक नियोगसमेत बन्द हुने गरेको उदाहरण दिँदै प्रदेशभित्रका संघीय सरकार मातहतका कार्यालय खुला हुनुको कारण बुझ्न नसकिएको बताए । 
बिदाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरेर बुधबार नै परिपत्रसमेत गरेको बताउँदै उनले यस विषयमा प्रदेश सरकारले छलफलसमेत गर्ने मन्त्री कार्कीले जानकारी दिएका छन् । 

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १० गते आइतबार रक्षाबन्धन, जनैपूर्णिमाको दिन र कृष्टजन्माष्टमीको दिन मोरङ तथा सुनसरीमा बिदा दिने सरकारको निर्णय भएको जानकारी दिएको छ । 

केन्द्रबाट कटौती भएका तर प्रदेशले दिने निर्णय गरेको विषयमा केही अघि उच्च अदालत विराटनगरमा परेको रिट उपरको फैसलामा उत्प्रेषणको आदेश जारी गर्न नपर्ने फैसला गरेको थियो । 

विश्व आदिवासी जनजाति दिवसमा दिइएको बिदा अस्विकार गर्नु उचित नभएको आदिवासी जनजाति अगुवाहरुले भने टिप्पणी गरेका छन् । विहीबार प्रदेश सरकार मातहतका मुख्यमन्त्री कार्यालय, मन्त्रालय र प्रदेश सभा सचिवालय बिदा भएका कारण बन्द रहे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.