कसले लिने अभिभाकत्व  ?

कसले लिने अभिभाकत्व  ?

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका महुवनस्थित नेपाल राष्ट्रिय माविको स्रोतकक्षामा अध्ययनरत सुस्त मनस्थितिका दुई बालक अलपत्र अवस्थामा छन् ।

१६ वर्षीय बनारसी र १३ वर्षीय श्यामलाई जिल्ला बाल कल्याण समितिले वीरगन्जको बजारबाट उद्धार गरी २०६९ साल जेठ १ गते स्रोतकक्षामा पुनःस्थापित गरेको थियो । यी बालकका लागि समितिले सहयोग रकम उपलब्ध नगराएका कारण समस्या भएको विद्यालयले जनाएको छ । स्रोतकक्षामा अध्ययनरत बालबालिकाका लागि समितिले शिक्षा कार्यालयमार्फत जनही ४ हजार रुपैयाँका दरले १० महिनाको रकम उपलब्ध गराउँदै आएको छ । बाँकी दुई महिना (वर्षे बिदा, दसंै, तिहार, छठ र फागु पर्वको बिदाको समय) भने अभिभावकले नै बालबालिकालाई लिएर जाने गरेका छन् ।

विद्यालयमा साउन १० गते बिदा भएपछि नौ जनालाई अभिभावकले घर लगेका छन् । बनारसी र श्यामलाई भने सडकबाट उद्धार गरिएका कारण अभिभावक नभएपछि बिचल्ली भएको हो । उनीहरूलाई स्रोतकक्षामा कार्यरत लक्ष्मीमाया क्षेत्रीले एकडरवा गाउँमा रहेको आफ्नो घरमा लगेर राखेकी छन् । ‘स्कुल बिदा भएपछि अरू नौ जना बच्चालाई अभिभावकले घर लिएर गए’, उनले भनिन्, ‘यी दुई बच्चा लिने कोही भएनन् । म घर हिँड्न खोज्दा उनीहरूले मेरो साडीको फेरो समातेर रुन थाले । छाडेर आउन मेरो मनले मानेन ।’

तर, आफ्नो परिवारको आर्थिक अवस्था कमजोर रहेको उनले सुनाइन् । ‘हामी आफैंलाई गुजारा गर्न सकस छ, त्यसमा यी दुई बच्चा थपिएका छन्’, उनले भनिन्, ‘छुट्टै ठाउँ नहुँदा मैले आफ्नै ओछ्यानमा सुताउँदै आएकी छु । अहिले खानपानमा पनि समस्या भएको छ, यिनीहरूको दिसापिसाब पनि सोहोर्नुपर्दा दिक्क भइसकेकी छु ।’

स्रोत शिक्षक रमनरेश यादवका अनुसार बनारसी र श्यामको खानपान, लत्ताकपडा, औषधोपचारबापत समितिले गत आवदेखि रकम उपलब्ध नगराएका कारण उनीहरू बिचल्लीमा परेका हुन् । स्रोतकक्षाका बालबालिका १६ वर्षको भएपछि अभिभावकको जिम्मा लगाएर पठाइने गरेको छ । बनारसीको उमेर १६ वर्ष नाघिसकेकाले उनलाई कहाँ लगेर पुनःस्थापित गर्ने भन्ने समस्या रहेको यादवले बताए ।


सडकबाट उद्धार गरी स्रोतकक्षामा राखिएका दुई बालक अलपत्र अवस्थामा ।

‘१६ वर्ष उमेर कटेपछि स्रोतकक्षामा राख्ने नियम छैन’, उनले भने, ‘ बनारसीको उमेर १६ वर्ष कटिसक्यो, उसलाई अब स्रोतकक्षामा राख्नै मिल्दैन ।’ प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले यो समस्या सुन्न नचाहेको उनले बताए । उनका अनुसार २०६९ साल वैशाख २२ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको अध्यक्षतामा बसेको समितिको बैठकले बनारसी र श्यामलाई बिदाको समयमा पनि स्रोतकक्षामै राख्ने निर्णय गरेको थियो । त्यसबापत लाग्ने दुई महिनाको अतिरक्त खर्च जनही ८ हजारका दरले १६ हजार रुपैयाँ समितिले नै उपलब्ध गराउने निर्णय भएको उनले सुनाए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने यस्ता बालकको जिम्मा समितिले नै लिनुपर्ने बताए । ‘दुवै बालकलाई अलपत्र पर्न दिनु हुँदैन’, उनले भने, ‘हामी यो समस्याको समाधान निकाल्छौं ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.