विमानस्थल छ, छैन उडान

विमानस्थल छ, छैन उडान

ओखलढुंगा : खोटाङका तीनवटै विमानस्थल अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । दुईवटा विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि खोटाङमा लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

यससँगै सबैभन्दा बढी जिल्ला अस्पताल खोटाङबाट अन्यत्र रिफर गरिएका बिरामी समस्यामा छन् । रिफर गरिएका बिरामीलाई स्थानीयले चर्को मूल्यमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लैजाने गरेका छन् ।

लामीडाँडा विमानस्थलमा २०७४ साल वैशाखदेखि उडान रोकिएको छ । धावनमार्गमा कालोपत्रेको काम थालेपछि उडान अवरुद्ध भएको हो । नागरिक उड्डययन प्राधिकरणको ६ करोड ७६ लाख लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म आधा मात्र सम्पन्न भएको स्टेसन म्यानेजर रमेश श्रेष्ठले बताए । एक वर्षभित्र काम सक्नुपर्नेमा अझै अधुरै छ । विमानस्थल कालोपत्रेको जिम्मा वाईएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सनले लिएको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा उडान अवरुद्ध भएको पनि दुई वर्ष भएको छ । कच्ची अवस्थामै उडान सुरु गरेको १८ वर्षपछि कालोपत्रेको काम सुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सनले जिम्मा लिएको हो । २०७३ साल माघमा सुरु गरी गत असारसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि काम अहिले ७५ प्रतिशत मात्र भएको प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए । प्राधिकरणको ९ करोड ३८ लाख लागतमा धावनमार्ग कालोपत्र गर्न सुरु गरिएको थियो ।

मनमाया राई खानीडाँडा विमानस्थल पनि गत जेठदेखि अवरुद्ध छ । जेठ १ गते दिउँसो भारी वर्षापछि पहिरो गएका कारण विमानस्थल अवरुद्ध भएको हो । विमानस्थलको धावनमार्गमुनि बनाइएको ढल थुनिएपछि बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । भने, ‘पहिरो गएपछि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा विमानस्थल अवरुद्ध भएको हो ।’

जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोको र स्ट्रेचरमा बोकी स्वास्थ्य संस्था पु¥याउनुपर्ने बाध्यता रहेको बराहपोखरी गाउँपालिका–५ का दीपक राईले बताए । विमानस्थल र ग्रामीण सडकका काम सम्पन्न गराउन दबाब दिइएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.