चोरीमा संलग्न दुईजना पक्राउ
सन्धिखर्क : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाबाट चोरी मुद्धामा २ जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका– ३ ओल्ला खोला बस्ने निर्मला विक भूमिकास्थान नगरपालिका–७ पानडाँडा बस्ने सुमन सारु चोरी मुद्धामा पक्राउ परेका हुन् ।
उनीहरुले साउन २१ गते सन्धिखर्क नगरपालिका–३ स्यालेबजारमा व्यवसाय गर्दै आएकी सुशीला शाहको घरबाट नगद ५० हजार चोरी गरेका थिए । खाजा बनाउन भनि कोठामा बसेका उनीहरुले नगद ५० हजार चोरी गरेको शाहले बताइन् ।
नगद चोरी फरार रहेका विकर सारुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जाहेरी आएपछि खोजतलास गर्दै जादा प्रहरीले प्रक्राउ गरेको प्रहरी निरीक्षक खिम बहादुर घमले जानाकारी दिए । उनीहरुलाई चोरी मुद्धा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।