पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधन, शव अस्पताललाई बुझाइने

पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधन, शव अस्पताललाई बुझाइने

काठमाडौं  ः नेपालको पहिलो संसदको विपक्षी दलका नेता भरत शम्शेर राणाको निधन भएको छ । गएराति भारतको कलकत्ता स्थित अाफ्नै निवासमा  ९० वर्षीय राणाको निधन भएको हो ।

उनको सुतेको अवस्थामा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।   नेपाल गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको शव अस्पताल बुझाइने भएकाे  छ । परिवारका अनुसार राणाले अाफ्नो शव नजलाउन छाेराछाेरीलाई  भनेका थिए । उनले दाहसंस्कारमा अाफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छाेराछाेरीलाई पत्रमार्फत अाग्रह गरेका थिए । उनको शव  कलकत्ताकाे अस्पताललाई  बुझाइने भएको छ । 

२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।  भरत शम्शेरका भाइ सागर शम्शेर जबरा नेपाली कांग्रेसका पुराना नेता हुन् ।

उनी पछिल्लो समय राजनीति भन्दा लेखनमा सक्रिय छन् भने उनका भतिजा उदय शम्शेर राणा कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.