ओलीले केसीलाई भने, 'ढुक्क हुनुहोस्, सहमतिमा तलमाथि हुँदैन'

ओलीले केसीलाई भने, 'ढुक्क हुनुहोस्, सहमतिमा तलमाथि हुँदैन'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरिएको विषयमा आफू इमान्दार भएको  बताएका छन् । डा. गोविन्द केसीबीच  शनिबार भएको  भेटवार्ताका क्रममा उनले अनसन बन्ने अवस्था आउन नदिने समेत प्रधानमन्त्रीले  दाेहाेर्‌याएका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र डा. केसीबीच भेटवार्ता भएको थियो। ‘सहमतिप्रति म पूर्णरुपमा इमान्दार छु, फेरि अनसन बस्ने अवस्था आउन दिने छैन,’ भेटमा प्रधानमन्त्री ओलीले  भने, 'ढुक्क हुनुहोस्, सहमतिमा तलमाथि हुँदैन ।'

डा. केसीले आफूसँग भएको  सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको भन्ने चिन्ता प्रकट गरेका थिए।

प्रधानमन्त्री अाेलीले संसदमा लैजानुपर्ने विषय सहमतिअनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयका हकमा भने शिक्षामन्त्रीसँग बुझ्ने जवाफ दिएका थिए।ओली र  डा. केसीबीच करिब दुइ घण्टा भेटवार्ता भएको थियो।

वार्तामा डा. केसीको तर्फबाट डा. केसीसहित डा. सुरेन्द्र भण्डारी,ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, विशद दाहाल, डा. विश्वराज तिमिल्सिना, प्रितम सुवेदी थिए भने सरकारको तर्फबाट प्रम ओलीसहित प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार डा.कुन्दन अर्याल थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.