अलैंची भाउ घटे पनि खेती बढ्यो

अलैंची भाउ घटे पनि खेती बढ्यो

तेह्रथुम : जिल्लाका ग्रामीण भेगमा अलैंची खेती गर्ने क्रम बढेको छ । किसानले अन्नबाली मास्दै अलंैची खेती विस्तार गर्न थालेका छन् । अन्नबालीबाट राम्रो आम्दानी लिन नसकेका किसानले खेतीयोग्य जमिनमा अलैंची रोप्न थालेका हुन् ।

अलैंचीको भाउ भने बर्सेनि घट्दै आएको छ, चार वर्षअघि अलैंची प्रतिमन १ लाख रुपैयाँभन्दा बढी मूल्यमा बिकेको थियो । भारत निकासीमा समस्या भएसँगै अलैंचीको मूल्यमा गिरावट आएको हो । तर, पाखोबारी, खोलाखोल्सी मात्र होइन, खेतीयोग्य जमिनका साथै करेसाबारीमा पनि किसानले अलैंची रोपेको पाइन्छ । बिक्री मूल्य कमै भए पनि अन्नबालीभन्दा राम्रो आम्दानी हुने भएकाले अलंैची नै रोजिएको लालीगुराँस नगरपालिकाकी लीला लिम्बूले बताइन् । ‘प्रतिमन ३० हजार रुपैयाँ मात्र भए पनि अलंैचीले अन्य खेतीलाई पछि पार्छ’, उनले भनिन् ।

गत वर्ष ४० हजार रुपैयाँ मन अलैंची बिक्री गरेका किसानले यो वर्ष पनि खेती विस्तार गरिरहेका छन् । सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची परेकोे मेन्छ्यायेम गाउँपालिका श्रीजुङका दीपेन चोङबाङले बताए । ‘नगदे बालीमा अरूभन्दा अलैंचीबाट मनग्गे आम्दानी लिन सकिन्छ’, उनले भने ।

अलैंचीबाट लाखौं आम्दानी गर्दै आएका किसानलाई घट्दो मूल्यले निरास बनाए पनि खेती भने विस्तार भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । यहाँका किसानले अलैंची बिरुवाबाटै पनि लाखौं आम्दानी गरिरहेको जनाइएको छ । किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलसम्म नर्सरी लाउँदै आएको फेदाप गाउँपालिकाका गजाधर दुलालले बताए । उनका अनुसार अहिले अलैंची बिरुवा खरिदबिक्री हुन थालेको छ ।

जिल्लाको साबिकका गाविस इवा, ह्वाकु, संक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा, बसन्तपुर सुदाप आङदिमलगायत स्थानमा अलैंचीको व्यावसायिक खेती हुँदै आएको छ । जिल्लामा ७ सय २३ हेक्टर क्षेत्रफलमा अलैंचीको खेती भइरहेको कृषि विकास कार्यालयको तथ्यांकमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.