श्रवण शक्ति छैन, संकेत कै भरमा नृत्य

श्रवण शक्ति छैन, संकेत कै भरमा नृत्य

प्रकृति दाहाल

सुन्ने शक्ति नभएका व्यक्तिले नृत्य गर्न सक्लान कि नसक्लान ? पक्कै पनि अधिकाँशवाट यो प्रश्नको जवाफ आउन सक्छ ‘सक्दैनन्’ । तर यस्तो प्रतिक्रिया गलत हुनेछ । संखुवासभाकी भुमिका कार्कीको सुन्ने शक्ति नहुदा पनि गतिलो नृत्य गरेर बिद्यालयमा पुरस्कार प्राप्त गरेकी छन् । सुन्ने शक्ति नहुदा पनि नृत्य मार्फत पुरस्कार प्राप्त गर्न कसरी सम्भव छ ? जवाफ उनी भन्छिन्, ‘ पहिला गीतको स्क्रिप पठ्छु्, स्पिकरमा गीत बजाउँछु । अनि हातले छोए पछि गितको ‘विट’ थाहा पाउँछु ।’ यसैको आधारमा नृत्य गर्छु । उनले अगाडी थपिन्, ‘छोएकै आधारमा नै गीतको लय, विट, बुझने गर्छु ।’

काठमाडौ नक्सालस्थित केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालको कक्षा ९ मा पठ्ने कार्की जस्तो गीतमा पनि सहजै नृत्य गर्न सक्छिन् । उनलाई नृत्य गर्न एकदमै रमाइलो लाग्छ । गीत नसुनी पनि भाव बुझेर नृत्य गर्ने गरेको उनकी साथी रिता भारतीले अनुभव सुनाइन् । प्रशिक्षककोे सांकेतिक संकेत मार्फत नृत्य गर्न सहज भएको भारतीले बताइन् ।

उनीहरुलाई फास्ट ट्रयाकको गीतमा मात्र नृृत्य सिकाउन सहज हुने बिद्यालयका नृत्य प्रशिक्षक श्रीहरी श्रेष्ठ बताउँछन् । ‘उनीहरुलाई स्पिकर मार्फत गीतको महसुस गराउनु पर्ने हुदा समय भने अलि धेरै लाग्छ, तर सिकाई पश्चात सुन्ने शक्ति भएकाले नृत्य गरेका हुन कि, सुन्ने शक्ति नभएकाले नृत्य गरेका हुन थाहै हुदैन् ।’ उनले भने ।

कार्कीको नृत्य प्रति निकै लगाव छ, तर एउटै चिन्ता छ,विद्यालय बाहिर नाच्ने वातावरण नै छैन । उनी भन्छिन ‘हाम्रो न कुनै प्रतियोगिता हुन्छ न त खुलेर बाहिर नृत्य गर्न पाइन्छ, रहर हुदा पनि पुरा गर्न सकिएको छैन ।’प्रशिक्षकको अभावले बिद्यालय बाहिर नृत्य गर्न सक्ने अवस्था नरहेको बिद्यालय प्रमुख उप्रेन्द्र पराजुलीले बताए । उनीहरुमा क्षमता हुदाहुदै पनि अगाडि बढ्न सकीरहेका छैनन् । ‘राष्ट्रि«य अन्तराष्ट्रिय स्तरमै उनीहरुलाई प्रतियोगिता गराउने सक्ने भएपनि यसबारे कसैको ध्यान पुगेको छैन । ’उनले भने

सुन्न नसकेपनि आँखाले हेरेर बिद्यार्थीहरुले नृत्य गर्न सक्छन् भन्ने उदेश्यका साथ बिद्यालयले उनीहरुलाई नृत्य प्रति प्रोत्साहन गर्दै आइरहेको छ । हरेक हप्ताको सोमबार र बिहिबार साउना फाउन्डेसन नेपालको सहयोगमा बिद्यालयमा नृत्य प्रशिक्षण दिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.