अस्ताए नोबेल विजेता नयपाल

अस्ताए नोबेल विजेता नयपाल

नोबेल पुरस्कार विजेता भीएस नयपालको ८५ वर्षको उमेरमा शनिबार राति मृत्यु भएको छ। ११ अगस्ट २०१८ मा उनको लन्डनस्थित आफ्नै घरमा निधन भएको हो।

उनको मृत्युपछि बेलायती पत्रिका ‘दी मेल अन सन्डे’ का सम्पादक जर्डाई ग्रिगले भने, ‘उनको मृत्युले बलायतको साहित्यमा ठूलो असर पुर्‍याएको छ। तर पनि पढ्नका लागि उनका पुस्तकहरू हामीमाझ छन्।’ उनको मृत्युमा शोक व्यक्त गर्दै प्रख्यात लेखक सलमान रुस्दीले आइतबार बिहानै ट्विट गरे, ‘नयपाल दाइलाई गुमाउनुपर्दा म साह्रै दुखी छु।’

नयपालले ३० वटाभन्दा धेरै पुस्तक लेखेका छन्। ‘अ बेन्ड इन दी रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ जस्ता पुस्तकलाई उनका उत्कृष्ट कृतिअन्तर्गत राखिन्छ। यिनै पुस्तकले उनलाई विश्वकै उत्कृष्ट लेखकका रूपमा चिनाएको थियो। दी हाउस फर विश्वास सन् १९६१ मा प्रकाशित भएको थियो। यो पुस्तक लेख्न उनले तीन वर्षभन्दा बढी समय खर्चिएका थिए। १९५७ मा उनले आफ्नो पहिलो कृति ‘दी मिस्टिक मेस्युर’ निकाले। यही पुस्तकमा आधारित भएर इस्माली मर्चेन्टले सन् २००१ मा फिल्म नै बनाए।

उनको ‘दी मिमिक म्यान’ ले सन् १९६७ मा ‘डब्लू एज स्मिथ अवार्ड’ प्राप्त गरेको थियो। सन् १९७१ मा उनको ‘इन अ फ्रि स्टेट’ ले ‘बुकर प्राइज’ हात पार्‍यो। पुस्तकले विशेषत उनका यात्राका बारेमा बोल्दछन्। ट्रिनिड्याडबाट विकसित र विकासशील राष्ट्रहरूमा उनले गरेको भ्रमण नै पुस्तकको मुख्य विषयवस्तु हुने गर्छन्।

उनले केही समय बीबीसी रेडियोमा समेत काम गरेका थिए। नयपाल सन् १९३२ मा ट्रिनिड्याडमा जन्मिएका हन्। सेक्सपियर, चाल्र्स डिकेन्सका पुस्तक पढ्दै हुर्किएका हुन् उनी। ठूलो भएपछि उनको चाख पनि साहित्यमै गयो। उनले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार जिते। नोबेल पुरस्कार कमिटीले उनलाई आधुनिक दार्शनिकका रूपमा व्याख्या गरेको थियो। स्विडिस एकेडेमीले उनलाई तारिफ गर्दै भन्यो, ‘उनका पुस्तकहरूले सरल रूपमा दबिएका इतिहास पढाउँछ।’

अक्सफोर्डको पढाइ सकिएपछि नयपालको साहित्य लेखन सुरु भयो। सन् १९५० मा अक्सफोर्ड विश्वविद्यालय पढ्न उनले बेलायत सरकारबाट छात्रवृत्ति पाए। अक्सफोर्डमा अंग्रेजी साहित्य पढ्न उनले घरपरिवार त्यागेर बसे। सन् १९५५ माकलेजमै भेटिएकी पेट्रिसिया हेलसँग विवाहबन्धनमा बाँधिएका थिए। त्यसपछि उनले आफ्नो साहित्यकर्मलाई अघि बढाए। सन् १९५७ मा पुस्तक बजारमा ल्याए। - एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.