बम डिस्पोज गरेपछि यातायात सुचारू
महोत्तरी: अपडेट ः रातुपुलमा राखिएको बम नेपाली सेनाकाे बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बर्दिबासको फस्ट राइफल गणबाट खटिएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम डिस्पोजपछि सवारी आवागमन सुचारु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिबासस्थित रातु–छहरा पुलमा कुकर बम राखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका क्रममा २४ घण्टा व्यस्त रहने यो पुलमा राखिएको हो ।
पुलमै कुकर बम राखिएपछि यहाँबाट पूर्व–पश्चिम राजमार्गको यातायात एक घण्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ । यातायात रोकिँदा सयौँ सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
बम राखिएपछि अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छिन्नमस्ता गणको टोली पुगिसकेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली भने घटनास्थलमा आउने क्रममा रहेको छ ।