विप्लवको नेपाल बन्द : कहाँ के भयो ? (अपडेट)

विप्लवको नेपाल बन्द : कहाँ के भयो ? (अपडेट)

काठमाडौँः आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ। 

राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन्। तर निजी तथा सरकारी विद्यालय बन्द भएका छन्। विप्लवले बन्द गरेको भन्दै स्कुल र कलेजहरुले आज पढाई नहुने सूचना दिइसकेका छन्। देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ। 

लमजुङ

लमजुङमा बन्दको प्रभाव परेको छ। बन्दका कारण यहाँ छोटो तथा लामो दूरीका सवारी साधन नचलेको अन्नपूर्ण सम्वाददाता नवीन कुइँकेलले जनाएका छन्। यहाँ बजार बसल पनि बन्द छन्।

कपिलवस्तु

अन्नपूर्ण सम्वाददाता दीपक आचार्यका अनुसार कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परे पनि अन्य ८ स्थानीय तहमा बन्दको आंशिक प्रभाव परेको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी, उद्योगभन्दा, शिक्षण संस्था, कलकारखाना चलेका छैनन्। बन्दकर्ता सडकमा नउत्रिए पनि बन्दका प्रभाव यहाँ देखिएको हो।

बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बम विष्फोट गराएको ठूलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाई छ।

जिल्लाका मुख्य बजार ४ नं. जीतपुर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर लगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ। उद्यपि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सिरहा

नेपाल बन्दको प्रभाव सिरहामा परेको छैन। सिरहा सम्वाददाता सन्तोष यादवका अनुसार पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा सवारी साधन अन्य दिनझैं आज पनि गुडिरहेका छन्। बजार र विद्यालय समेत खुलेका छन्। उद्योग कलकारखाना समेत संचालनमा रहेका छन्। सडकमा कतै बन्दकर्ता पनि देखिएका छैनन्।

अन्य दिनको तुलनामा आज राजमार्ग क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन भएका छन्। 

ललितपुर

अन्नपूर्ण सम्वाददाता नितु घलेका अनुसार ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ। लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

तीनवटै ठाउँमा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको डिएसपी चन्दको भनाई छ। यी तीनै ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम राखेको पत्तो लगाएको थियो।

नवलपरासी

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम मंगलबार बिहानै  आगजनी गरिएको छ। हाम्रा सहकर्मी हरि शर्माका अनुसार कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

बाजुरा 

बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ। झोलामा बम भएको हुन सक्ने स्थानीयले बताएपछि त्यहाँ सुरक्षाकर्मीको टोली पुगिसकेको हाम्रा सहकर्मी रमित बिकले जनाएका छन्। 

भक्तपुर 

यहाँका सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो। 

राससका अनुसार सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो। 

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए। उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी खटाइएको बताए। 

नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ। बन्दसँगै सर्वसाधरणलाई आतंकित पार्न बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ। 

अर्घाखाँची

विप्लवले गरेको नेपाल बन्दको कारण विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ। विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन नचलेका हाम्रा सहकर्मी प्रेमनारायण आचार्यले जनाएका छन्। 

अर्घाखाँचीमा बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन्। बजारमा बन्दकर्ता नदेखिए पनि बन्दको प्रभाव पूर्णरुपमा परेको छ। विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो। 

गुल्मी

गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए। सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन। 

विप्लवका कार्यकर्ताहरुले जिल्लाका धार्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा पनि मंगलबार राति मसाल जुलुस निकालेका थिए। विप्लवका कार्यकर्ता सक्रिय भएपछि त्यहाँ पनि बन्दको असर परेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.