रवि लामिछानेले भने- सरकारको नियतमा कुनै पनि शंका छैन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका छन्।
शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताएका हुन्।
उनले भने, ‘सरकारको निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। राम्रो गर्दा पनि दुई/चारवटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ।’
सरकारले कसैका लागि लाभ हुने खालका निर्णयहरू गर्दा हानी भएको भए त्यस्ता निर्णयहरू परिवर्तन गर्न सकिने उनको भनाइ थियो।
उनले पार्टी गलत बाटोमा गयो भने खबरदार गर्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !