वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा
सुन्नुहोस्

काठमाडौं : आम जनता पार्टी (आजपा) ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । आजपा प्रवक्ता सुभाष साहद्वारा आज जारी प्रेस वक्तव्यमा सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको दाबी गरिएको छ ।

विज्ञप्तिमा आर्थिक वर्ष २०८२ / ०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको उल्लेख गरिएको छ भने राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको बताइएको छ । विकास निर्माणका लागि विनियोजन गरिएको कुल पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोरी र न्यून कार्यक्षमता उदाङ्गो पारेको आजपाको ठहर छ ।

देशको सार्वजनिक ऋण तीव्र रूपमा बढेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगिसकेको विज्ञप्तिमा उल्लेख छ । संकलित राजस्व र वैदेशिक सहायताले चालू खर्च समेत धान्न नसकेर ऋणको सावाँ–ब्याझ तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएको तर्फ पार्टीले सचेत गराएको छ ।

आर्थिक सूचकहरू नकारात्मक
आर्थिक वर्ष २०८२ /८३ को आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको ३.८५ प्रतिशत समेत हासिल हुन नसकेको र उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर बजार मूल्य नियन्त्रण बाहिर गएको आजपाले जनाएको छ । बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह केवल ६.२ प्रतिशत मात्र हुनु र प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता गत वर्षको तुलनामा २८ प्रतिशतले घट्नुले देशमा लगानीको वातावरण ध्वस्त भएको पुष्टि गर्ने वक्तव्यमा उल्लेख छ ।

न्यून मूल्याङ्कनमार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी फितलो नियमनका कारण वित्तीय कारबाही कार्यदलले नेपाललाई सन् २०२६ को जुनसम्म ‘ग्रे लिस्ट’ (निगरानी सूची) मा राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय कारोबार महँगो र जटिल बन्ने खतरा बढाएको छ ।

सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका ठूला कुरा गरे पनि व्यवहारमा आफ्ना नजिकका मानिसहरूलाई मात्र नियुक्ति दिएर नाराको धज्जी उडाएको आरोप लगाइएको छ । मन्त्रालयको संख्या घटाएको प्रचार गरेर सल्लाहकार र स्वकीय सचिवालयको भीड बढाउँदै फजुल खर्च कायमै राखिएको र सरकारले गरेका अधिकांश राजनीतिक निर्णयहरू अदालती आदेशबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्काउने पार्टीको भनाइ छ ।

‘जेन जी’ आन्दोलनको रापतापमा बनेको र दुई–तिहाइ बहुमत पाएको वर्तमान सरकार यति छोटो अवधिमै पूर्ण रूपमा अलोकप्रिय बनेको आजपाले दाबी गरेको छ । आर्थिक वर्ष २०८२ / ८३ को कार्यकाल वित्तीय कार्यसम्पादनका हिसाबले इतिहासकै सबैभन्दा खराब वर्ष साबित भएको निष्कर्ष निकाल्दै आजपाले दलहरूबीच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकाका कार्यक्रमहरूमा बेलैमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.