ठेकेदारमाथि कारबाही सुरु

ठेकेदारमाथि कारबाही सुरु

बेनी : ५० शय्या क्षमताको बेनी अस्पताल भवन निर्माणमा लापर्वाही गर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले पटक–पटक आग्रहसहितको पत्र काटे पनि महादेव खिम्ती, गल्वा रफिना जेभी काठमाडौंले अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

सरकारले १५ शड्ढयाको बेनी अस्पताललाई साढे २ वर्षअघि स्तरवृद्धि गर्दै ५० शड्ढयाको बनाएको थियो । सोहीबमोजिम अत्याधुनिक भवन निर्माणका लागि २४ करोड ४ लाख बजेट विनियोजन गरेको थियो । ०७६ असोजभित्र काम पूरा गर्ने गरी डिभिजन कार्यालयले ०७३ पुस २१ गते १८ करोड ९० लाख रुपैयाँ निर्माण सम्झौता गरे पनि ठेकेदारले अहिलेसम्म १० प्रतिशत काम पनि गरेको छैन ।

‘त्यसमध्ये ६६ लाख रुपैयाँ फिर्ता प्रक्रिया सुरु भएको छ, एक साताभित्र यो काम हुन्छ’, उनले भने, ‘यति गरेर पनि काम अघि बढ्न भने ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाने हो ।’

डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले ठेकेदारलाई पहिलो चरणको कारबाहीस्वरूप यसअघि निर्माणका लागि दिइएको पेस्की रकम फिर्ता गर्न लागिएको जानकारी दिए । ‘बैंक ग्यारेन्टी राखेर सम्झौता हुन्छ, सुरुमा करिब २० प्रतिशत पेस्की दिएका हुन्छौं’, उनले भने, ‘उक्त पेस्की रकम बैंक ग्यारेन्टीबाट असुल गर्ने गरी बैंकलाई पत्र काटेका छौँ ।’

इन्जिनियर महर्जनका अनुसार ठेकेदारले करिब १ करोड रुपैयाँ पेस्की लागेको थियो । ‘त्यसमध्ये ६६ लाख रुपैयाँ फिर्ता प्रक्रिया सुरु भएको छ, एक साताभित्र यो काम हुन्छ’, उनले भने, ‘यति गरेर पनि काम अघि बढ्न भने ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाने हो ।’

ठेकेदार कम्पनीका प्रतिनिधि रविन महर्जनले डिभिजन कार्यालय र अस्पताल प्रशासन दुवैलाई निर्माण अघि बढाउने भन्दै कारबाही प्रक्रिया अघि नबढाउन आग्रह गर्दै आएका छन् । ‘तर, हामीले पहिला काम अनि बल्ल अरू कुरा हुन्छ भन्दै आएका छौँ, स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा यस्तो काम ज्यादै निन्दनीय छ’, इन्जिनियर महर्जनले भने ।

भवनको जगका लागि आधार तयार पारेर सामान्य ढलानपछि फागुनदेखि निर्माण कार्य अलपत्र अवस्थामा छ । वरपरबाट ढिस्को खसेर रड पुरिन थालेको छ । भवनको ठेक्का लिएको जेभी कम्पनीमध्ये रफिना कन्स्ट्रक्सन यसअघि नै कारबाहीमा परिसकेको कम्पनी हो ।

अस्पताल परिसरमै जनस्वास्थ्य कार्यालयको अर्को भवन ०६९ वैशाख २० मा २ वर्षको समय लिएर थप २ वर्ष ढिला गरी सम्पन्न गरेको थियो । त्यसबेला रफिनाले ५ लाख ८२ हजार जरिवानासमेत तिरेको थियो । पुरानो संरचना भत्काएर नयाँ निर्माण थालिएपछि अस्पताललाई साविककै सेवा र गुणस्तरलाई कायम राख्न चुनौती छ ।

अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले कुनै पनि अस्थायी संरचना बनाएर सेवा प्रवाह गरिँदै आए पनि ज्यादै समस्या सिर्जना भइरहेको बताए । ‘भवन समयमै सुरु भएर समयमै सम्पन्न हुनुपर्छ, यतिबेलासम्म आधाभन्दा बढी काम हुनुपर्ने हो’, उनले भने । ५ हजार ३ सय वर्गमिटरमा एक तला अन्डरग्राउन्डसहित तीनतले भवन निर्माण हुनेछ । पहिलो तलामा ओपीडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहनेछ । सबै तला अपांगमैत्री हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.