सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

परासी : नेपाल–भारत सुरक्षाकर्मीको टोलीले पश्चिम नवलपरासीको सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती थालेका छन् । दुवै देशका सीमा सुरक्षाकर्मीले दुई देशसँग सिमाना जोडिएका दसगजा क्षेत्रमा गस्ती गर्न टोली परिचालन गरिएकोे हो ।

टोलीले सीमा क्षेत्रबाट हुने चोरी निकासी, साना हातहतियार र विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण, आपराधिक क्रियाकलाप नियन्त्रणलाई प्रमुखतामा राखेर काम गर्ने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर पश्चिम नवलपरासी नं. २६ गणका उपरीक्षक गहार्धन राईले बताए । टोलीले दसगजा क्षेत्र अतिक्रमण कार्यलाई पनि रोक्नेछ ।

टोलीमा दुवै देशका ३० जना सुरक्षाकर्मी परिचालन छन् । जसमा सशस्त्र प्रहरी १३, नेपाल प्रहरी ७ र भारतीय एसएसबी फोर्सका १० जना संलग्न छन् । सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्म छ । २८ किमि लामो सीमा क्षेत्रमा १३ वटा प्रमुख र ३ वटा सहायक गरी १६ वटा सीमा स्तम्भ (पिलर) छन् ।

संयुक्त टोलीले दसगजा क्षेत्रमा रहेका सीमास्तम्भको समेत सरसफाइ र संरक्षण गर्ने राईले बताए । पछिल्लो पटक दसगजा क्षेत्र मिचेर दुई देशका नागरिकले खेती गर्न थालेको पाइएकाले त्यसलाई हटाएर सरसफाइ गरिने उनले बताए । । ‘दसगजा क्षेत्र दुवै देशको हो, स्थानीयलाई जानकारी नभएर खेती गरेको हुन सक्ने भएकाले दुवै देशका सुरक्षाकर्मी र स्थानीयको समन्वयमा त्यसलाई हटाएर सरसफाइ गरिनेछ’, उपरीक्षक राईले भने ।

सरसफाइसँगै टोलीले दुवै देशका स्थानीयको समन्वयमा दसगजा क्षेत्र बचाऊँ अभियान पनि सञ्चालन गर्ने उनले बताए । संयुक्त गस्तीका कारण दुई देशका नागरिकबीचको सम्बन्धलाई पनि सुमधुर बनाई सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउने उपरीक्षक राईले विश्वास व्यक्त गरे ।

दसगजा क्षेत्रमा परिचालन गरिएको टोलीले गुठी प्रसौनीबाट गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा गुठी प्रसौनी, हरपुर र सुस्ता गरी तीन स्थानमा सशस्त्र प्रहरीका बीओपी कार्यालय छन् । बीओपीले भारतीय सुरक्षाकर्मीको समन्वयमा जिल्लाभरिको सीमा क्षेत्रमा गस्ती गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.