स्पेनलार्इ विश्वकप जिताउने सिल्भाको सन्न्यास

स्पेनलार्इ विश्वकप जिताउने सिल्भाको सन्न्यास

म्याड्रिड  : स्पेनलाई विश्वकप र युरोकप फुटबलको उपाधि दिलाउने टोलीका महŒवपूर्ण सदस्य डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने ३२ वर्षीय मिडफिल्डर सिल्भा स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जित्दा टोलीका प्रभावशाली सदस्य थिए ।

स्पेनिस टोलीबाट उनले दुईवटा युरो कप उपाधि पनि जितेका छन् । स्पेनले सन् २००८ र सन् २०१२ को युरो कप जित्दा उनी टोलीका सदस्य थिए । उनले सन् २००६ मा स्पेनको सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । लगातार १२ वर्ष राष्ट्रिय टोलीबाट खेल्ने क्रममा उनले स्पेनका लागि एक सय २५ खेलमा सहभागिता जनाउँदै ३५ गोल गरेका छन् ।

सिल्भाले सोमबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले स्पेनिस टोलीबाट सन्न्यास लिएको समाचार सार्वजनिक गरेका हुन् । ‘राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गर्नु मेरो जीवनकै सबैभन्दा कठिन क्षण हो’, उनले ट्विट गरेका छन् । ‘राष्ट्रिय टोलीबाट खेल्न पाउनु हरेक खेलाडीका लागि गौरवको विषय हो । आफूले जीवनको महŒवपूर्ण क्षण बिताएको ठाउँबाट बिदा लिने निर्णय गर्नु कसैका लागि पनि सहज हुँदैन’, उत्कृष्ट प्लेमेकर सिल्भाले भनेका छन् ।

उनले स्पेनबाट उमेरसमूहका थुप्रै प्रतियोगिता पनि खेलेका छन् । उनी सन् २००१ मा सबैभन्दा पहिले स्पेनको यू-१६ टोलीमा सहभागी भएका थिए । त्यसपछि सन् २००३ सम्म यू-१७ टोलीबाट खेलेका सिल्भाले सन् २००५ सम्म यू-१९ टोलीमा बिताएका थिए । यसैगरी यू-२० र यू-२१ हुँदै उनी स्पेनको सिनियर राष्ट्रिय टोलीसम्म पुगेका थिए ।

राष्ट्रिय टोलीबाट खेल्दा आफूलाई सहयोग गर्ने सहकर्मी खेलाडी, प्रशिक्षक, पदाधिकारी र समर्थकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन् । स्पेनिस टोलीबाट उनले अन्तिम खेल रुस विश्वकपमा खेलेका थिए । गत विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदा उनी पनि टोलीमा थिए । राष्ट्रिय टोलीबाट त्यो नै उनको अन्तिम खेल थियो ।

म्यानचेस्टर सिटीबाट आफ्नो व्यावसायिक खेल जीवनलाई भने आगामी दिनमा पनि निरन्तरता दिने उनले बताएका छन् । उनी सन् २०१० देखि म्यानचेस्टर सिटीमा आबद्ध छन् । त्यसअघि उनले स्पेनिस क्लब भ्यालेन्सियाबाट पनि लामो समय व्यावसायिक फुटबल खेलेका थिए ।

यसअघि गत शनिबार चर्चित डिफेन्डर जेरार्ड पिकेले पनि स्पेनिस टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । लगातार नौ वर्षसम्म स्पेनिस राष्ट्रिय टोलीबाट विभिन्न प्रतियोगिता खेलेका ३१ वर्षीय पिकेले विश्वकपलगत्तै राष्ट्रिय टोलीबाट सन्न्यास लिने चर्चा चले पनि करिब एक महिनापछि आएर मात्र उनले सन्न्यासको घोषणा गरेका हुन् । उनले पनि राष्ट्रिय टोलीबाट गत विश्वकपमा रुसविरुद्घ आफ्नो अन्तिम खेल खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.