नाइजेरिया र घानालाई फिफाको अन्तिम चेतावनी

नाइजेरिया र घानालाई फिफाको अन्तिम चेतावनी

जुरिच : विश्व फुटबल महासंघ (फिफा) ले नाइजेरिया र घानाको फुटबललाई अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्नबाट जोगिन मंगलबार अन्तिम चेतावनी दिएको छ । सरकारले राष्ट्रिय फुटबल संघमा अनावश्यक हस्तक्षेप गरेका भन्दै फिफाले नाइजेरिया र घानाको सरकारलाई आफ्नो गल्ती सुधार्न अन्तिम चेतावनी दिएको हो । फिफाले नाइजेरियाको सरकारलाई त्यहाँको राष्ट्रिय फुटबल संघको कार्यालय भवन तत्काल निर्वाचित पदाधिकारीलाई हस्तान्तरण गर्न सुझाव दिएको छ ।

निर्वाचित पदाधिकारीलाई फुटबल संघको कार्यालय भवन हस्तान्तरण नगरे आफूहरू नाइजेरियालाई अन्तर्राष्ट्रिय फुटबल खेल्नबाट प्रतिबन्ध लगाउन बाध्य हुने फिफाले जनाएको छ । गत महिना नाइजेरिया फुटबल संघका निर्वाचित अध्यक्ष अमाजु पिन्निक विश्वकपमा सहभागी हुन रुसमा रहँदा एक समूहले आफूहरू आधिकारी भएको दाबीसहित संघको कार्यालय भवन कब्जामा लिएको थियो । उक्त समूहले नाइजेरियाको न्यायालयले आफूलाई कार्यालय भवन प्रयोग गर्न आदेश दिएको बताउँदै आएको छ ।

रुस विश्वकपपछि उक्त समूहले कार्यालय भवन छाडेको बताइए पनि अध्यक्ष पिन्कीले भने आफूलाई अझसम्म काम गर्न नदिइएको दाबी गर्दै आएका छन् । फिफाले प्रतिबन्ध लगाएमा नाइजेरियाले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । नाइजेरियाको महिला यू—२० टोलीले पनि फ्रान्समा जारी विश्वकपमा स्वतन्त्र रूपमा मात्र भाग लिन पाउनेछ ।

फिफाको प्रतिबन्धमा परेमा नाइजेरियाको पुरुष टोलीले सन् २०१९ को अफ्रिकन कप अफ नेसन्सको छनोट खेल पनि खेल्न पाउने छैन । छनोट प्रतियोगिता अर्को महिना सुरु हुँदैछ । यसैगरी फिफाले घानाको सरकारलाई पनि सम्भावित प्रतिबन्धबाट जोगिन अगस्ट २७ तारिखसम्मको समय तोकेको छ । उक्त समयभित्र घानाको न्यायालयले राष्ट्रिय फुटबल संघ विघटन गर्नुपर्ने भनी सुनाएको फैसला नसच्याइए आफूहरू प्रतिबन्ध लगाउन बाध्य हुने फिफाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.