एकै दिन चारजनाको ज्यान गयो

एकै दिन चारजनाको ज्यान गयो

राजविराज : सप्तरीमा एकै दिन चारजनाको मृत्यु भएको छ । पोखरीमा डुबेर तथा करेण्ट लागेर उनीहरुको ज्यान गएको हो । 

धान कुट्ने मिल चलाउन विद्युतको स्विच जोड्ने क्रममा करेन्ट लागेर महादेवा गाउँपालिका–२ बस्ने ५० वर्षीय कपलेश्वर मण्डलको मंगलबार घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

यसैगरी पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए । हजुरआमासँग पोखरीमा नुहाउने क्रममा बलान बिहुल गाउँपालिका–२ पत्थरा टोलका रन्जितकुमार साहको डुबेर मृत्यु भएको छ । 

स्थानीय खुसिलाल साहको पोखरीमा हजुरआमासँग नुहाइ रहेका श्रीराम साहको चार वर्षीय छोरा रन्जितको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबारदेखि हराइरहेका रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउदगार सदाको मृत शरिर स्थानीय सार्वजनिक पोखरीमा फेला परेको छ । 

सोमबार राति मादक पदार्थ पिएर बेपत्ता सदालाई घरपरिवारका सदस्यहरुले खोज्ने क्रममा मंगलबार पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारेका हुन् ।

यस्तै गएराति डाक्नेश्वरी नगरपालिका–८ बस्ने ४५ वर्षीय पल्टु सदा मृत अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । उनको शव शम्भुनाथ नगरपालिका-७ भगवतपुर बस्ने संदेब सदाको घर पछाडीको पोखरीको डिलमा फेला परेपछि अनुसन्धान कार्य भइरहेको डिएसपी रिमालले बताए  ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.