सामुदायिक भवन निर्माणका लागि ११ हजार डलर सहयोग
काठमाडौं : केशबहादुर कार्कीले अमेरिकाको सनफ्रान्सिस्को नर्दन क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागि ११ हजार डलर सहयोग घोषणा गरेका छन्।
नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आयोजित धार्मिक महोत्सवमा कार्कीले उक्त रकम सहयोगको घोषणा गरेका हुन्।
धार्मिक महोत्सवमा पण्डित दिनबन्धु पोखरेललगायत धार्मिक व्यक्तित्वबाट प्रवचनको कार्यक्रम रहेको छ। ओएसनेपालका अध्यक्ष समेत रहेका कार्कीले सहयोग रकम घोषणा गर्दै आफूले प्रवासमा रहेका नेपालीको साथ र माया पाएको बताए।
अगष्ट १२ गतेदेखि सुरु भएको धार्मिक महोत्सव १९ तारिखसम्म रहने छ।