महानगरले घटायो कर

महानगरले घटायो कर

विराटनगर : नयाँ आर्थिक वर्षसँगै बढाइएको कर मोरङको विराटनगर महानगरपालिकाले फिर्ता लिएको छ । जनदबाब र विरोधपछि महानगरको बोर्ड बैठकले कर फिर्ता लिने निर्णय गरेको हो ।

महानगरले विभिन्न शीर्षकमा सिफारिस दस्तुर, शुल्क र करको दर बढाएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि २२ औं बोर्ड बैठकले करको दर घटाउने निर्णय गरेको जानकारी उपमेयर इन्दिरा कार्कीले दिइन् । ‘महानगर परिषद्बाट अनुमोदन हुने गरी कर बढाउने निर्णय फिर्ता लिएका छौं’, उपमेयर कार्कीले भनिन् । कर लिएर मात्र विकास गर्ने भन्ने उद्देश्यले यसको दर नबढाइएको जिकिर गर्दै उनले यसबारे गुनासो आएकाले सबै क्षेत्र र विज्ञसँगको सल्लाहमा घटाउने निर्णय भएको सुनाइन् ।

महानगरले सम्पत्ति कर, घरनक्सा पास दस्तुर, संघसंस्था दर्ता, व्यवसाय कर आदि शीर्षकका कर बढाएकोमा त्यसलाई घटाउने निर्णय भएको कर अधिकृत अर्जुन थपलियाले बताए । ‘नयाँ निर्णय भएसँगै बुधबारदेखि घटेको दरमा कर संकलन गर्न सुरु गरेका छौं’, उनले भने ।

महानगरले नागरिकता सिफारिस, जन्म÷मृत्युदर्तामा ५० रुपैयाँ शुल्क लिने नियम लगाएको थियो । तर, अब यी दुवै शीर्षक निःशुल्क गरिएको छ । तर, ३५ दिन कटे ३५ रुपैयाँ कर लिने व्यवस्था कायम गरिएको छ । सम्बन्धविच्छेदको शुल्क २ हजार घटाएर ५ सय रुपैयाँ बनाइएको छ । महानगरले गर्ने विभिन्न सिफारिस शुल्क ५ सयबाट ३ सय बनाइएको छ । घरबाटो सिफारिस २ हजारबाट १ हजार ५ सय, ग्राभेल बाटो भए ३ हजारबाट २ हजार र कालोपत्रे भए ४ हजार कायम गरिएको कर महाशाखाले जनाएको छ ।

सम्पत्ति करतर्फ १० लाखसम्मको घरजग्गा भए १ सय, २० लाखसम्म भए २ सय र ३० लाखसम्म भए ४ सय कायम गरिएको छ । यो शीर्षकमा थप २० लाखमा दशमलव शून्य ८ बाट घटाएर दशमलव शून्य ५ प्रतिशत र त्यसपछि ५० लाखसम्म दशमलव १५ बाट घटाएर दशमलव १० बनाइएको थपलियाले बताए । घरनक्सा पास दस्तुरमा १ हजारदेखि १ हजार ५ सय स्क्वायर फिटसम्म प्रतिस्क्वायर फिट १० बाट ७, १ हजार ५ सयभन्दा माथि प्रतिस्क्वायर फिट १४ बाट १२, १० बाट ७, १ हजार ५ सयभन्दा माथि प्रतिस्क्वायर फिट १४ बाट १२ रुपैयाँ बनाइएको छ ।

यी धेरै शीर्षकबाट महानगरले वार्षिक ५४ करोड संकलन गर्ने लक्ष्य लिएको थियो । तर, कर घटाइएपछि २ करोड रुपैयाँ कम हुनेछ । ‘अब वडाबाटै पनि दस्तुर, कर तथा शुल्क लिने व्यवस्था भइसकेकाले हामी करको दायरा फराकिलो पार्ने योजनामा छौं’, थपलियाले भने ।

महानगरले ज्वेलर्स दोकानको सामान्य, मझौला र ठूलाको क्रमशः १५ हजारबाट घटाएर हजार, २५ हजारबाट १२ हजार र ३५ हजारबाट २० हजार बनाएको छ । यसैगरी स्टेसनरी, कम्प्युटर पार्ट्सको सामान्य, मझौला र ठूलातर्फको कर पनि घटाइएको छ । काठ चिरानी उद्योग, कपडा पसल, पान पसल, सब्जी÷फलफूल पसल, रेडियो घडी मर्मत केन्द्र तथा अन्य विभिन्न शीर्षकतर्फ लगाइएको व्यवसाय कर पनि घटाएको छ ।

कर घटाउन आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीका महानगर संयोजक सागर थापाले महानगरको पछिल्लो निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए ।

करको शीर्षक               रकम (पहिले) रकम (अहिले)       

नागरिकता सिफारिस        रु. ५०        निःशुल्क

जन्म÷मृत्युदर्ता        रु. ५०        निःशुल्क (३५ दिन कटे रु. ३५)

गैसस दर्ता नगरस्तरीय       रु. २००० रु. १०००

घरबाटो सिफारिस कच्ची रु.२०००       रु. १५००

घरबाटो सिफारिस ग्राभेल रु. ३००० रु. २०००

घरनक्सा दस्तुर        रु. १०       रु. ७ (१५ सय स्वा. फिटसम्म)

घरनक्सा दस्तुर              रु. १४        रु. १२ (१५ सय स्वा. फिटमाथि )

सम्पत्ति कर               ०.०८ प्रतिशत       ०.०५ (५० लाखसम्म)

सम्पत्ति कर               ०.१५ प्रतिशत       ०.१० (रु.५० लाखमाथि)

स्रोत ः कर महाशाखा, विराटनगर महानगर ।

०००

ेविराटनगर महानगरमा कर बुझाउँदै सेवाग्राही । कुमार लुुइँटेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.