खगेन्द्र संग्रौला भन्छन् : गोर्खा भर्ती मानव बेचबिखन नै हो

खगेन्द्र संग्रौला भन्छन् : गोर्खा भर्ती मानव बेचबिखन नै हो

लण्डन : बेलायतमा बसोबास गर्दै आएका गोर्खा भुतपुर्व सैनिक र तीनका परिवारको दोहोरो नागरिकताबारे छुट्टै कानुनी व्यवस्था हुनुपर्नेमा बुद्धिजीविहरुले जोड दिएका छन् । 

बेलायतको अल्ड्रसर्टस्थित गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) ले बुधबार गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । 

उनीहरुले गैरआवसीय नेपालीहरुको सन्दर्भमा संविधानमा छुट्टै व्यवस्था भएपनि बेलायतमा बसोबास गर्ने गोर्खा भुतपुर्व सैनिक र तीनका परिवारको नागरिकताबारे कहीँकतै उल्लेख नहुनु दु:खद भएको बताए ।  

संविधान संशोधन गरेर भएपनि त्यस बिषयलाई छुट्टै सम्बोधन गुरिनुपर्ने जोड बुद्धिजीविहरुले दिएका छन् । गोर्खाहरुको बिषय विशिष्ट खालको र गैरआवसीय जस्तो नभएकाले त्यसलाई छुट्टै कानुन बनाएर सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । 

लेखक तथा राजीतिक विश्लेषक खगेन्द्र संग्रौलाले बेलायतमा बसोवास गर्ने गोर्खा भुतपुर्वहरुको दोहोरो नागरिकताको बिषयमा राज्यले उचित खालको कानुनी व्यवस्था गरेर भएपनि सम्बोधन गर्नुपर्ने बताएका छन । 

गोर्खाहरुको समस्या विशिष्ट खालको भएको हुदाँ त्यसलाई विशिष्ट रुपमा राज्यले हेर्नुपर्ने हुन्छ । दोहोरो नागरिकताको सन्दर्भमा गोर्खाहरुलाई गैरआवसीय नेपालीको रुपमा हेरिनु उचित र न्यायपुर्व नहुने धारण व्यक्त गरे ।

‘त्रिपक्षीय सन्धि अनुसार गोर्खाहरु एक देशमा जन्मेर अर्को देशको सेनामा भर्ती भएर तेस्रो देशसँग युद्ध गरेका थिए । उनीहरु आफ्नो देशका लागि लडेका थिएनन्', उनले भने, 'भर्ती किन गएको कसलाई मारेको अत्तोपत्तो समेत थिएन । जोसँग युद्ध गरिएको थियो आफ्नो देशको पनि सत्रु थिएन । त्यस्तो अवस्थामा पुर्‍याउने जिम्मेवार राज्य नै थियो ।'

संग्रौलाले त्यसको पीडा अझै पनि गोर्खा सैनिकहरुले भोगिरहेको उनले बताए । त्यसैले गोर्खाहरुको सवालमा संविधान संशोधन गरेर भएपनि सम्बोधन गरिनुपर्ने तर्क उनले गरे ।

'सुरुमा आफ्नो रहरले लाहुरे गएको होइन । त्यो बेला देशमा जनसंख्या धेरै कम थियो । जमिन प्रशस्तै थियो । मान्छेको खाँचो धेरै थिएन । खान नपाएर गएको होइन', उनले भने, 'राज्यले जवरजस्ती पक्राउ गरेर लगेको थियो । पछि लाहुरे पेशा आर्कषक बनेको हो । लाहुरेलाई भाडाको सिपाही भनिन्छ तर यथार्थमा भाडाको सिपाही होइन, शासकहरुले सलामी लिएर जबरजस्ती दिएका थिए । यो एक हिसाबले मानव बेचबिखन नै हो ।’

दोहोरो नागरिकताबारे संविधानमा गोर्खाबारे कहिँकतै उल्लेख नभएकाले गैरआवसीयको कोटरीमा हेरिनु गलत भएको प्राध्यापक डाक्टर ओम गुरुङले बताए ।

गोर्खा र गैरआवसीयको अवस्थालाई तुलना र नजरअन्दाज गर्नसमेत नमिल्ने गुरुङले बताए । ‘आपनो देशको माटोमा बसिरहेका युवाहरुलाई जबरजस्ती गइनस भने ठुलो सजाय दिन्छु भनेर डर धम्की दिँदै अर्को देशको सेनामा भर्ती गराइएको थियो', उनलले भने, 'त्यसैले पनि यो विशिष्ट खालको छ । राणाकालमा मुखियामार्फत् खोजी गरेर जबरजस्ती पठाएको हो । अहिले पो संस्कृतिसँग जोडियो । त्यसैले गैरआवसीय नेपालीसँग तुलना गर्नु कदापि मिल्दैन । सरकारले दोहोरो नागरिकताको सन्दर्भमा छुट्टै कानुन बनाएर सम्बोधन गर्नुपर्ने हुन्छ ।’ 

गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरु स्वेच्छाले भर्ती नभएको बताए । त्यो बेला राज्यले जबरजस्ती पठाएको बताउँदै उनले राज्यको आदेश पालना गर्न अर्को मुलुकमा भर्ती भएर युद्ध लडेको उनले जबाफ दिए । 'हामी देश र जनतप्रति सदैव बफादार भएर हाम्रो दायित्व निर्वाह गरेको छौं', उनले भने, 'हामी गैरआवसीय नेपाली होइन, राज्यको अभिनन्न अंग हौं । त्यसैले दोहोरो नागरिकताबारे गोर्खालाई छुट्टै व्यवस्था गरिनुपर्छ।’ 

१९४७ सालमा नेपाल, भारत र बेलायतवीच गोर्खा भर्तीबारे त्रिपक्षीय सन्धी सम्झौता भएपछि त्यही सन्धिका आधारमा गोर्खाहरु अर्को देशमा भर्ती भएपनि नेपाली नागरिक हुने उल्लेख छ । 

सन्धि सम्झौतामा स्पष्ट उल्लेख भएकाले गोर्खाहरुलाई राज्यले विशिष्टरुपमा हेरिनुर्ने गोर्खाको माग छ । गोर्खा समुदायहरुले यो मुद्दा राष्टिय मुद्दा भएको भन्दै राष्ट्रियता र जातीयता हिसावमा विभेदीकरण भएका पनि राज्यले उचित सम्मान दिनुपर्नु गोर्खा भुतपुर्व सैनिक संगठनहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.