फोहोरको पहाडमा दुई घण्टा
सिसडोल (ओखरपौवा) : राजधानी उपत्यकाको फोहोर फाल्ने स्थान औखरपौवाको सिसडोलमा थुपारिएको फोहोर पहाड बनेको छ। दुई वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइट सिसडोलमा १३ वर्षसम्म फोहोर फालिँदा दुर्गन्धित पहाड बनिसकेको छ ।
यहाँ काठमाडौं, भक्तपुर र ललिपुरका १८ स्थानीय तहका साथै काभ्रेको बनेपा, धुनिखेल र नुवाकोटकोसमेत फोहोर फाल्ने गरिएको छ।
दैनिक एक हजार मेट्रिक टन फोहोर यहाँ आउने गरेको छ । उक्त फोहोरको पहाडमा केही मिनेट बस्दै मानिस बिरामी हुने अवस्था छ । त्यहाँ बिहीबार दुई घण्टा बिताउँदा दुर्गन्धले खपिनसक्नु भएन ।
सिसडोलको फोहोरको गन्ध दुई किलोमिटर वरसम्म फैलिएको छ । सिसडोलको फोहोरको दुर्गन्धले त्यसक्षेत्रको वातावराण पुरै प्रदुषित भएको छ। माक्स लगाउँदा पनि बान्ता नै हुने अवस्थाबीच स्थानीयबासी बसिरहेका छन् । फोहोरलाई सीधै स्थानीय खोलामा फालिएको छ।
फोहोरमा मोहोर खोज्दै
डुङडुङी गन्हाइरहेको फोहोरको पहाडमा मोहोर खोज्ने स्थानीय पनि भनेटिए । फोहोरको पहाडमा स्थानीय माहिला, बालबालिका आफ्नो पेट पाल्ने उपाय खोज्दैथिए । यही फोहोरमा बाख्रासमेत चराइरहेका थिए स्थानीयले ।
उनीहरु फोहोरमा नै रमाइरहेका थिए, अर्को विकल्प पनि थिएन । फोहोर संकलन गर्ने महिलाहरु ढुक्कसाथ भन्दैथिए,‘हामी त वर्षौँदेखि यहीँ काम गरिरहेका छौं । हाम्रो गुजारा यही हो, बालबच्चा यसैले पालेका छौ ।’
सिसडोलको अनुगमनका लागि पुगेका सबैले मुखमा मास्क लगाएर उभिँदा फोहोर छानिरहेका २४ जना भन्दाबढी अधिकांश महिला बालबालिका भने मास्क नलगाई फोहोर छानिरहेका थिए । दुई-तीनदेखि फोहोर फाल्ने टिपर लाइन कुरेर बसिरहेका थिए ।
२०६२ देखि निरन्तर फोहोर
फोहोर साधारण गहिरो जमिन फाल्छन् । कल्फुको खोलाको किनारमा होचो ठाउँमा राखिएको फोहोर अहिले पहाड थुप्रो बनेको छ । नुवाकोटको ककनी गाउँपालिका-२ सिसडोलमा २०६२ साल भदौ २२ गतेदेखि २-३ वर्षका लागि अस्थायी ल्यान्डफिल साइटमा १३ वर्षदेखि फोहोर फालिँदैछ।
महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका विभागीय प्रमुख हरिबहादुर कुँवरले यहाँको अवस्था देखाउँदै सिसडोल भरिएकोले तत्काल फोहोर फ्याक्ने व्यवस्था नभएमा अब ६ महिनापछि काठमाडौंको फोहोर नउठ्ने बताए ।
महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका प्रमुख युवराज खनाल, वातावरण व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ वडा अध्यक्ष विकास डंगोल, वडा नम्बर २६ का वडा अध्यक्ष खेम तिवारी, वडा नम्बर ४ अध्यक्ष मोहन विष्ट, कार्यपालिका सदस्य प्रेम पुजारी, महानगर प्रहरी महाशाखाका डीएसपी विष्णुराज जोशी र महानगरका इन्जिनियर रवीन्द्र राईसहित सञ्चारकर्मीको टोली सिसडोल पुगेको थियो ।