बेपत्ता युवाको शव फेला

बेपत्ता युवाको शव फेला

विराटनगर : मोरङ र सुनसरी जिल्लाको सीमानामा पर्ने केसलिया खोलामा डुबेर बेपत्ता भएका १६ वर्षीय सजेश रौनियारको शव बिहीबार दिउँसो फेला परेको छ। पौडी खेल्ने क्रममा डुबेर मंगलबार बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका- १ मा बस्दै आएका रौनियारलाई दिउँसो ३ बजे मृत्त फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए।

नेपाल र सशस्त्र प्रहरीको टोलीले रौनियारको खोजतलास गर्ने क्रममा शव फेला पारेको हो। विराटनगर- ६ स्थित केसलिया खोलाको पुल नजिकै झाडीमा अल्झिएको अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ। 

त्यस्तै सुनसरीको दुहवी नगरपालिका ४ स्थित बुढी खोलामा डुबेर गम्भीर घाइते भएकी एक बालिकाको विराटनगर स्थित लाईफगार्ड अस्पतालमा उपचार भइरहेको छ।

दुहवी ४ का रहमद् आलमकी ३ वर्षीय छोरी रविना खातुन खेल्ने क्रममा बिहीबार दिउँसो बुढी खोलामा डुबेर घाइते भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.