इतिहास बोकेका ‘शाही सवारी’

इतिहास बोकेका ‘शाही सवारी’

काठमाडौं : नारायणहिटी दरबार सर्वसाधारणका लागि खुला गरिएको झन्डै एक दशक बित्यो। यद्यपि निकै लामो शाहिकालीन इतिहास बोकेका दुई चीज अझै सर्वसाधारणबाट ओझेल परेका छन्। एउटा २०५८ सालमा राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी भएको हत्याकाण्ड र अर्काे राजा त्रिुभवनदेखिको इतिहास बोकका ‘शाही सवारी’।

भनिन्छ – राजा वीरेन्द्र गाडीका निकै सौखिन थिए। नारायणहिटीस्थित श्री सदन ग्यारेजको पहिलो द्वारबाटै राजा वीरेन्द्रले असाध्यै मन पराएको ‘मर्सिडिज बेन्ज’ ब्रान्डको गाडी देख्न पाइन्छ। वीरेन्द्रको ५०औं जन्मदिनका अवसरमा रानी ऐश्वर्यले बेलायतबाट झिकाएर उपहार दिएकी थिइन्। हवाईजहाजको तेलबाट मात्र चल्ने यो गाडी वीरेन्द्रले प्रायः आफैं चलाउँथे। मर्सिडिज ब्रान्डका ६ वटा गाडी ग्यारेजमा छन्।

त्यस्तै अर्काे जगुवार गाडी वीरेन्द्रले विशेष समारोहमा चढ्ने गाडी हो। यसलाई २०३४ सालमा जर्मनीबाट ल्याइएको थियो। विदेशी विशिष्ट अतिथिहरूको भ्रमणमा भेट्न जाँदा र शिवरात्रीलगायत विशेष कार्यक्रममा वीरेन्द्र यही गाडीमा सवार हुन्थे।

ग्यारेजमा तत्कालीन राजा त्रिभुवन शाहका पालादेखिका गाडीहरू छन्। राजदरबार हत्याकाण्डपछि घाइते र शव ओसार्न प्रयोग गरिएको ल्यान्ड क्रुजरलगायत सवारीसाधन पनि छन्। टोयोटा ल्यान्ड क्रुजर (बा ४ च १११९) ले मृतकका शवलाई छाउनी अस्पतालसम्म ओसारेको थियो। दरबार हत्याकाण्डका दिन मृतक तथा घाइतेलाई वीरेन्द्र सैनिक अस्पतालसम्म पु‍¥याउन यसलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिएको थियो।

तत्कालीन युवराज दीपेन्द्र टोयोटा ल्यान्ड क्रुजर चढ्थे। दीपेन्द्रले अन्तिम समयसम्म टोयोटा ल्यान्ड क्रुजर प्रयोग गरेका थिए। दरबार हत्याकाण्डका दिन मृतक तथा घाइतेहरूलाई वीरेन्द्र सैनिक अस्पतालसम्म पु‍¥याउन यसलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिएको थियो।

सरकारको मातहत आएपछि ग्यारेजमा करौडौं मूल्य बराबरका ६ वटा बुलेट प्रुफसहित १५ वटा गाडी रहेको संग्रहालय प्रशासनले जानकारी दिएको छ।

राजा वीरेन्द्र गाडीका निक साखिन थिए। नारायणहिटीस्थित श्री सदन ग्यारेजको पहिलो द्वारबाट राजा वीरेन्द्रले असाध्य मन पराएको ‘मर्सिडिज बेन्ज’ ब्रान्डको गाडी देख्न पाइन्छ।

दीपेन्द्र, श्रुती र निराजनले सानै छँदा चलाउन सिकेका गाडीचाहिँ ग्यारेजको पश्चिमी भागको छेउपट्टी राखिएका छन्। उनीहरूलाई गाडी चलाउन सिकाउनकै लागि यी गाडी विदेशबाट मगाइएका हुन्।

महेन्द्र तथा उनका रानीहरूले प्रयोग गरेका गाडी पनि ग्यारेजमा अहिले देख्न सकिन्छ। ज्ञानेन्द्र राजा भएपछि बेलायतबाट ल्याइएको बुलेट प्रुफ गाडीचाहिँ

०००००००यो हो। निकै महँगो यो गाडी राष्ट्रप्रमुख आएका बेला तथा विशेष समारोहमा ज्ञानेन्द्र चढ्ने गर्थे। सामान्य मर्मतपछि यो गाडी चल्ने भए पनि सरकारले अहिलेसम्म यत्तिकै ग्यारेजमा रोखेको छ।

ज्ञानेन्द्रले नै चढ्ने गरेको अर्को गाडीमा २०६५ सालदेखि अहिलेसम्म पनि राष्ट्रपति चढ्दै आएका छन्। योसँगै राखिएको छ।

२०६३ फागुन २ गते पशुपति दर्शनका क्रममा ढुंगामुढा गर्दा तत्कालीन राजा ज्ञानेन्द्र यही गाडीमा सवार थिए। पुराना गाडीहरू संग्रहालयमा सुरक्षित राखिनु स्वाभाविकै भए पनि सार्वजनिक प्रदर्शनमा छैनन्। पछि ल्याइएका अधिकांश महँगा गाडी मर्मत गरेर चलाउन सकिने भए पनि प्रयोगविहीन नै छन्।

ग्यारेजमा राजा महेन्द्र र वीरेन्द्रले प्रयोग गरेको ल्यान्डरोभर, राजा वीरेन्द्रले चढ्ने जगुवार, युवराज दीपेन्द्रले चलाउने टोयोटा ल्यान्डक्रुजर, सार्क सम्मेलनमा ल्याएको बुलेट प्रुफ मर्सिडिज बेञ्जकार र नारायणहिटी दरबारको ग्यारेजमा ९३ वर्षअघि अर्थात सन् १९२४ मा बनेको फोर्ड कार छन्।

एउटै बुलेट प्रुफ गाडीको मूल्य १२ देखि १५ करोड पर्ने संग्रहालयका अधिकारीहरू दाबी गर्छन्। कतिपय बुलेट प्रुफ गाडीहरू सफ्टवेयर कमान्डबाट चल्ने गर्थे। धेरै वर्ष नचलाउँदा सफ्टवेयर कमान्डबाट चल्ने गाडी बिग्रिएको ग्यारेजको रेखदेखमा रहेका सुब्बा अनिल अधिकारी बताउँछन्।

राजा त्रिभुवनले प्रयोग गरेको यो मर्सिडिज गाडी जर्मनीबाट ल्याइएको हो। यस्तै जर्मन चान्सलर हिटलरले त्रिभुवनलाई उपहार दिएको यो गाडी पनि श्री सदन ग्यारेजमै राखिएको छ।

बेलायतबाट भित्रिएको ‘स्टान्डर्ड फ्लाइङ १२ सेलुन’ मोडलको गाडी बेलायती महारानी भिक्टोरियाको नाममा सन् १९०३ देखि ६० वर्षसम्म उत्पादन हुन्थ्यो। त्यसपछि उनले ’शाही सवारी’मा हुइँकिनुको आनन्द थाहा पाए।

नारायणहिटी परिसरको ग्यारेजमा रहेका सवारीसाधन नियमित मर्मत तथा सम्हारको अभावमा अलपत्र परेको नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहितकुमार ढुंगाना बताउँछन्। ‘गणतन्त्र घोषणापछि ग्यारेजका सवारीसाधन बाहिर निस्केका छैनन्’, उनले भने।

तत्कालीन राजा ज्ञानेन्द्रले ०६५ मा नारायणहिटीबाट विदा हुँदा बुलेट प्रुफ मर्सिडिज बेञ्ज कार र ल्यान्ड क्रुजर जीपसहित चारवटा गाडी नागार्जुन दरबार लगे भने एउटा मर्सिडिज बेञ्ज कार तत्कालीन मुमा बडामहारानी रत्नलाई दिएका थिए।

नारायणहिटी दरबारका ६५ मध्ये बाँकी गाडीहरू संस्कृति मन्त्रालय हुँदै राष्ट्रपति र उपराष्ट्रपति कार्यालयदेखि नेपाली सेना, निजामती अस्पताल, सहरी विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयसम्म पुगे।

चारवटा गाडी नारायणहिटी दरबार संग्रहालयले प्रयोग गरिरहेको छ। ‘ श्री ५ महाराजधिराज सरकार’का नाममा रहेका ती गाडीमध्ये कुनैको पनि नामसारी नभएको दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगाना बताउँछन्।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्दा लिएको बा १ च ५६२५ नम्बरको बुलेट प्रुफ मर्सिडिज बेञ्ज अहिले पनि प्रयोग गरिरहेका छन् भने रत्न शाहलाई दिइएको मर्सिडिज बेञ्ज महेन्द्र मन्जिलको ग्यारेजमा छ।

दरबार संग्रहालयले आफूले प्रयोग गरिरहेका चारवटा गाडीको नामसारीका लागि आग्रह गरेपछि संस्कृति मन्त्रालयले वाग्मती अञ्चल यातायात व्यवस्था विभागलाई सिफारिस पठाएको छ।

नारायणहिटी दरबार परिसरको ग्यारेजमा ९० वर्षअघि सन् १९२४ मा बनेको फोर्ड कार (बा अ २) सहित १५ वटा गाडी थन्किएका छन्। १२ फागुन २०६३ (महाशिवरात्रि)मा तत्कालीन राजा ज्ञानेन्द्र पशुपति मन्दिर जाँदा प्रदर्शनकारीको ढुंगा लागेर अगाडिको सिसा चर्किएपछि गाडी ग्यारेजमै राखिएको छ।

ग्यारेजमा रहेकामध्ये दुईवटा गाडी ‘ श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाह’ को नाममा छन् भने बाँकी सबै ‘ श्री ५ महाराजाधिराज सरकार’को नाममा छन्। दरबार संग्रहालयमा तीमध्ये केही गाडीको ‘ब्लू बुक’ छ।

जर्मन नेता एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको बा.अ. ९३८ नम्बरको ड्याम्लर बेञ्ज कार २०१४ सालमा कान्छी महारानी (त्रिभुवन पत्नी इश्वरी राज्यलक्ष्मीदेवी) को नाममा र सन् १९६७ मा बेलायतमा बनेको अस्टिन प्रिन्सेस कार कान्छी महारानीको नामबाट ‘ श्री ५ महाराजाधिराज’मा नामसारी गरिएको देखिन्छ। ऊबेला एउटा दरबार र अर्को बेलायती राजदूतावासका लागि दुईवटा अस्टिन प्रिन्सेस नेपाल भित्रिएका थिए।

ग्यारेजमा राजा महेन्द्र र वीरेन्द्रले शिकारमा प्रयोग गरेका ल्यान्डरोभर, वीरेन्द्रका तीन सन्तानले सानामा चलाएका बेबीकार, युवराज दीपेन्द्रले जीवनको अन्तिम दिन १९ जेठ २०५८ को दिउँसो चलाएको ल्यान्ड क्रुजर, तेस्रो सार्क शिखर सम्मेलनका बेला २०४४ सालमा ल्याइएको बुलेट प्रुफ मर्सिडिज बेञ्जलगायत विभिन्न कार ग्यारेजमा छन्। ग्यारेजमा सुपर भी एट, जगुवार, मर्सिडिज बेञ्जलगायत आठवटा बुलेट प्रुफ कार छन्।

बुलेट प्रुफ कार सेनालाई दिने तयारी

गत वर्ष सरकारले राजा वीरेन्द्रले प्रयोग गरेका दुईवटा बुलेट प्रुफ जगुवार ब्रान्डका कार, नन बुलेट प्रुफ कार र एउटा मर्सिडिज बेञ्ज कार सेनालाई दिने निर्णय गरिसकेको छ। हाल प्रयोगविहीन अवस्थामा रहेका ती कारहरूलाई सेनाले मर्मतसम्भार गरेर चलाउन तयार रहेको संग्रहालयका निमित्त प्रमुख अद्वैत श्रेष्ठले जानकारी दिए।

ती गाडीहरूलाई नेपाल भ्रमणमा आउने अति विशिष्ट तथा विशिष्ट पाहुना भ्रमणका सिलसिलामा प्रयोग गरिने बताइएको छ।

उक्त कारहरू सेनाको नाममा नामसारी गर्न यातायात व्यवस्था विभागमा निवेदन पुगेको उनले बताए। उनले भने, ‘ती गाडीहरू नामसारी हुन मात्रै बाँकी छ। सेनाका प्रतिनिधिहरू आएर पटकपटक गाडीको निरीक्षण गरिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.