डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप

डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप

विराटनगर: मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् । 

विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टरार्इले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको बिहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । 

उनका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टरार्इले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्टरार्इलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् । 

नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसँग रहेको छुरा निकालेर प्रहार गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेसँग घम्साघम्सी हुँदा छुराले भट्टरार्इको हात समेत काटेको छ । 

पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ । 

‘दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ 

उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन । अरु नै केटासँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान भट्टरार्इले प्रहरीलाई दिएका छन् । 

‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अष्ट्रेलिया जाँदै थिइन,’ भट्टरार्इलाई उद्धृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् । त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’  

स्थानीय बासिन्दाले युवतीको विभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका युवकलाई समातेर प्रहरीलाई खबर गरेका थिए । 

युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले भने, ‘धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.