‘अक्षर सिम्फोनी’मा विमल

‘अक्षर सिम्फोनी’मा विमल

काठमाडौं : कवि विमल वैद्यको तेस्रो कृति ‘अक्षर सिम्फोनी’ बजारमा आएको छ । मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको कविता संग्रह बिहीबार लोकार्पण भएको हो । 

कवि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, नाटककार अशेष मल्ल, पत्रकार किशोर नेपाल, खोजअनुसन्धाता युद्धप्रसाद वैद्य र कवि मोमिलाले संयुक्त रुपमा कृति लोकार्पण गरे।

कवि काइँलाले विमललाई खाइलाग्दो कविको संज्ञा दिँदै उनका कविता प्रौढ रहेको टिप्पणी गरे । १६–१७ वर्षको उमेरदेखि विमलको लेखनबारे आफू जानकार रहेको कवि मोमिलाको भनाइ थियो । पत्रकार नेपालले विमलका कविता नरम खालका रहेको टिप्पणी गर्दै इलामको प्रकृतिमा लुटुपुटिएको भेटिने बताए । 

२०४० सालदेखि कविता लेख्न थालेका विमलले पत्रकारिता गरेर कविता लेखनमै फर्किएको बताए । काठमाडौंबाट फर्किएर इलाममै बस्दै आएका उनले कविताप्रति जिम्मेवारी बढेको बताए । ‘कविता ठट्टा होइन कि भन्ने लाग्दै छ’, उनले भने । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.