बाजपेयीको अन्त्येष्टिमा सहभागी हुन निधि दिल्ली प्रस्थान
काठमाडौं : नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिका रुपमा कावा सभापति निधिलाई दिल्ली पठाएका हुन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार निधि पार्टीको प्रतिनिधित्व गर्दै दिल्ली उडेका हुन् । भारतीय जनता पार्टीका संस्थापक नेता एवं भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको बिहीबार साझ निधन भएको थियो ।