नगरबासीको विरोधपछि रामग्रामले कर घटाउने

नगरबासीको विरोधपछि रामग्रामले कर घटाउने

परासी : पश्चिम नवलरासीको रामग्राम नगरपालिकाले वृद्धि गरेको करमा परिमार्जन गर्ने जनाएको छ । त्यसका लागि नगरपालिकाले पहिलो चरणमा शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ। 

कर वृद्धि फिर्ता गर्न व्यवसायी र विभिन्न संस्थाले लिखित र मौखिकरुपमा नगरपालिकाको ध्यानाकर्षण गराएपछि परिमार्जन गर्ने प्रकृया अघि बढाउन लागिएको नगरप्रमुख नरेन्द्र प्रसाद गुप्ताले बताए।  

नगरपालिकाले सम्पत्ति करदेखि सिफारिस दस्तुर, व्यक्तिगत घटना, व्यवसाय, कृषि क्षेत्रलगायत  प्रायः सबै शीर्षकमा २० देखि ६० प्रतिशतसम्म कर बढाएको छ। स्थानीय तहलाई व्यवस्थित र बलियो बनाउन कर बढाइएको नगरप्रमुख गुप्ताले बताए। पहिलेको तुलनामा अहिले सम्पत्तिको मूल्यांकनसमेत बढाइएकाले सोही आधारमा कर लगाउँदा वृद्धि भएको देखिएको उनको भनाइ छ। 

कर परिमार्जनसम्बन्धी बसेको राजनीतिक दलको छलफल कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवालले कर बढाएको भन्दै जनगुनासो आएकोले त्यसलाई तत्काल घटाउनुपर्ने माग गरेका थिए । 

नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादवले एक्‍कासी कर बढेको कारणबारे नगरपालिकाले स्थानीयलाई बुझाउन सक्नुपर्ने बताए। नगरबासीको आयस्रोत र जीवनस्तर नहेरी अन्य सहरको तुलना गरेर कर बढाउन नहुने भन्दै केही शीर्षकमा लगाइएको करलाई परिमार्जन गर्नुपर्ने देखिएको बताए।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सामान्य किसानले घर खर्च चलाउन बिक्रीका लागि ल्याउने तरकारी र घुम्तीदेखि खुद्रा पसलमा समेत बढी कर लगाएको भन्दै त्यसलाई घटाउनुपर्ने बताए।

कर लगाउनु पूर्व नगरपालिकाले सर्वपकक्षीय र सर्वदलीय छलफल गरेर टुंगो लगाएको भए जनगुनासा नआउने उनको तर्क थियो। आगामी कार्यक्रम बनाउँदा सरोकारवाला सबैलाई समेटेर ल्याउन पनि यादवले नगरपालिकालाई सुझाव दिए। 

'हामीले नगरबासीले थेग्नै नसक्ने गरी कर बढाएका छैनौं, तैपनि व्यवसायी र संघसंस्थाले केही घटाउन माग गरेकाले त्यसमा पुनर्विचार गर्न लागेका छौं।' नगरप्रमुख गुप्ताले भने, 'राजनीतिक दलका प्रतिनिधिपछि अब उद्योग वाणिज्य संघ, अन्य साना व्यवसायी, जनप्रतिनिधि, सम्बन्धीत क्षेत्रका सरोकारवालासँग बसेर छलफल गर्छौं।'

राजश्व परामर्श समितिहुँदै पास भएर लागू गरिएको कर एकैपटक परिमार्जन नसकिने भएकाले सबैको सुझावका आधारमा तय गरिने उनले बताए। सबैको सुझावलाई संकलन गर्दै आउँदो असोजमा बस्ने नगरसभाबाट नयाँ दर रेट कायम गर्ने गुप्ताले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.