यातायातका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

यातायातका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालयका सह-लेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई अख्तियारको टोलीले १६ हजार रुपैयाँ घुससहित अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले ट्रायल परीक्षा पास गरेका २६ परीक्षार्थीहरुबाट राजश्वबाहेक थप रकम घुसस्वरुप मागिरहेको सूचना पाएपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो ।

दुवैजनालाई अख्तियारको टोलीले सहलेखापाल गोइतको कार्यकक्षबाटै पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरुलाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.