१० तस्बिरमा सुन्दर मुसीकोट
मुसीकोट : सविकको रुकुम जिल्ला र हालको रुकुम पश्चिमको सदरमुकाम हो मुसीकोट। २०३० सालमा हालको रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट मुकाम सरेर जिल्ला सदरमुकाम बनेको हो।
तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबीचको सशस्त्र भिडन्तको मारमा परेपछि मुसीकोटको विकास गति बीचमा केही रोकियो। २०६३ सालमा जब देश शान्तिको बाटोमा अगाडि बढ्यो त्यससँगै मुसीकोटको खासगरी खलंगा बजार र आसपासको क्षेत्र भौतिक विकास तर्फ लम्कियो।
पूर्व–पश्चिम राजमार्गसँग दाङको अमेलियाबाट छुट्टिने राप्ति लोकमार्गले तुलसीपुर हुँदै सल्यानबाट मुसीकोटलाई जोड्छ। त्यस्तैगरी निर्माणाधिन मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि मुसीकोट हुँदै पूर्वी नेपालतर्फ अगाडी बढ्छ।
यसरी सडक संञ्जालसँग जोडिएको मुसीकोटबाट रुकुम पश्चिम र पूर्वका विभिन्न ग्रामीण क्षेत्रमा जानका लागि स्थानीय सडक संञ्चालनमा छन् भने सल्लेमा एर्पोट छ। यही एर्पोटबाट हप्ताको एक–एक दिन नेपालगञ्ज र काठमाडौंका लागि नेपाल वायु सेवाको जहाजले सुविधा प्रदान गरिहेको छ।
खलंगा गाविस हुदै हालको मुसीकोट नगरपालिका-१ मा पर्ने मुसीकोटको खलंगा बजार, मुसीडाडाँ, जन्तीडाडाँ, सानीभेरीको नदीको मनोरम दृश्यले सजिएको छ।