म्याद नाघेका खाद्यवस्तु भेटिएपछि बजार अनुगमन तीव्र

म्याद नाघेका खाद्यवस्तु भेटिएपछि बजार अनुगमन तीव्र

भोजपुर : जिल्ला प्रशासन कार्यालयले ग्रामीण क्षेत्रका बजारमा अनुगमन तीव्र पारेको छ। उपभोक्ता म्यादै नहेरी सामान लाने गरेको भेटिएपछि कार्यालयले बजार अनुगमन तीव्र पारेको हो।

अखाद्य वस्तुको उपभोगबाट स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै कार्यालयले शनिबार मात्रै भोजपुर नगरपालिकाको- ३ को गुप्तेश्वर र ४ को सिद्धेश्वरस्थित दावाँबजारमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा किराना पसल, होटल र औषधि पसलबाट एक लाख २० हजार बराबरको म्याद गुज्रिएका सामान भेटिएका छन्। अनुगमनका क्रममा भेटिएका बिस्कुट, तेल, डिउ, चक्लेट, सुजीभुजिया, प्राउनचिप्स, जुस, थुक्पालगायत दैनिक उपभोग्य म्याद गुज्रिएका अखाद्य सामान नष्ट  गरिएको छ ।

म्याद गुज्रिएका अखाद्य पदार्थ नष्ट गरेको देखेर सामान किनमेल गर्न आएका भोजपुर नगरपालिका ३, गुप्तेश्वर आहालेका रवि राईले अरुबेला बजारबाट म्यादै नहेरी  सामान लाने गरेको सम्झिए। उनले भने, 'ओहो, सामान लाँदा म्याद हेर्नुपर्ने पो रहेछ। घर लगेर सामान किन ढुँडी, अमिलो गनाउँछ भनेको म्याद नाघेर पो त रैछ ।बल्ल थाहा भयो।'

अनुगमनका क्रममा स्थानीय लक्ष्मी किराना पसलबाट ७० हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका अखाद्य सामान भेटिएको थियो। गुप्तेश्वरको बलौटेबाट ठूलो मात्रामा अखाद्य सामान भेटिएका छन्।

यहाँबाट जिल्लाको पश्चिमी भेग टेम्के मैयङ गाउँपालिकाको तिम्मा, छिनामखु, अन्नपूर्ण र नागी दैनिक उपभोग्य सामानको रुपमा लैजाने र सामान लैँजादा म्यादै नहेरी लगेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन टोलीका प्रमुख न्यौपानेले बताए।

उनले भने, 'बलौटेबाट प्राय म्यादै नहेरी पश्चिमी ग्रामीण भेगतिर सामान लैजाने गरेको पाइयो। अब यस्तो काम नदोहोरियोस् भनि अनुगमन थालिएको हो।' 

जिल्ला प्रशासनको ग्रामीण भेगमा गरेको यो पहिलोपटक बजार अनुगमन हो। दैनिक उपभोग्य म्याद गुज्रिएका सामान नष्ट पारेपछि अनुगमन निकै प्रभावकारी भएको स्थानीयबासी बताउँछन्। स्थानीय होटल व्यवसायी विजय श्रेष्ठले भने, ' यत्तिका म्याद गुज्रिएका सामान भेटाउँदा पो थाहा भो, हामी कति अस्वस्थकर सामान उपभोग गरिरहेका रहेछौँ। अनुगमनले म्याद नहेरी उपभोग गर्ने हामीलाई राहात पुगेको छ।'

शनिबार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामानलाई प्रहरी चौकी दावाँमा जलाएर नष्ट गरिएको थियो। यसअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भोजपुर सदरमुकाम, प्याउलीबजार, लेगुवा, तिवारीभञ्ज्याङ्ग र श्यामशिलालगायतका ठाउँमा बजार अनुगमन गरिसकेको छ।बजार अनुगमनबाट उपभोक्ता सामु जनचेतना मिलोस् र बिक्री गर्ने पसलमा गुणस्तरीय सामान मात्र बिक्रीका लागि अनुगमन तीव्र पारिएको सहायक प्रजिअ न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.