घट्यो सेयर बजार
काठमाडौँ : सेयर बजारमा आइतबार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ।
यस्तै 'क' वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ। आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता सेयर ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ।
कारोबार रकम बढे पनि बजार ओरालो लागेको छ। गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो। आज सबै उपसमूहको सेयरमा गिरावट आएको छ। स्टकका अनुसार बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको छ।
नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन्।