प्रियंकाले आफ्नो इन्गेजमेन्टमा किन बोलाइनन् दीपिकालाई ?

प्रियंकाले आफ्नो इन्गेजमेन्टमा  किन बोलाइनन् दीपिकालाई ?

मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकन गायक निक जोनाससँगको इन्गेजमेन्टले चर्चामा छिन् । शनिबार मुम्बईमा प्रियंका र निकले आफ्नो परिवारका साथ ‘रोका’ गरे । ‘रोका’ को समय दिनभरि पूजापाठ भइरह्यो। अबेर रातसम्म पनि पाहुना आउने जाने सिलसिला जारी थियो ।

रातभर प्रियंकालाई बधाई दिन अभिनेत्री आलिया भट्ट, परिनीति, निर्देशक सञ्जयलीला भन्साली, विशाल भारद्वाज पनि उपस्थित थिए । तर प्रियंकाको गेस्ट लिस्टमा अभिनेत्री दीपिका पादुकोणको नाम भने थिएन । रणवीर सिंह आए दीपिका पनि आउने आकलन धेरैले गरेका थिए तर उनको नाम प्रियंकाको गेस्ट लिस्टमा परेन ।

सन् २०१४ मा करण जोहरको चौथो सिजनको च्याट सो कफी विथ करणमा यी दुवै नायिकासँगै उपस्थित थिए । सबैलाई लागेको थियो यी दुई निकै राम्रा साथी हुन् । त्यसपछि यी दुई सुन्दरीलाई २०१५ को फिल्म बाजिराव मस्तानीमा पनि सँगै देखिएको थियो ।

प्रियंकाको निकसँग इन्गेजमेन्ट भए पनि विवाहको डेट भने तोकिएको छैन । भारतको एक सञ्चारमाध्यमका अनुसार दीपिकाले प्रियंकालाई जहिले पनि सपोर्ट गर्दै आएकी छन् । प्रियंकाले आफ्नो इन्गेजमेन्टमा बोलाएकी भए दीपिका अवश्य आउने थिइन् र बधाई दिने थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.