सीमामा अब संयुक्त गस्ती

सीमामा अब संयुक्त गस्ती

धरान : नेपाल–भारत सीमा क्षेत्रमा आपराधिक घटना वृद्धि भएको भन्दै दुवै देशका सुरक्षा अधिकारीले चौबिसै घण्टा उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्

सुनसरीको भन्टाबारीस्थित सीमा क्षेत्रमा सोमबार भएको बैठकमा सुनसरी र र भारतको सुपौल जिल्लाका सुरक्षा अधिकारीले सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन संयुक्त गस्ती गर्ने सहमतिसमेत जनाएका छन्। सीमा क्षेत्रमा मानव तस्करी, हातहतियार कारोबार, लागुऔषध, मदिरा ओसारपसार, चोरी तस्करी, अपहरणजस्ता आपराधिक घटना हुन सक्ने भन्दै शान्ति–सुरक्षा मजबुत बनाउने सहमति भएको हो।

बैठकमा सहभागी सशस्त्र प्रहरीका एसपी सुरेशकुमार श्रेष्ठले दसगजा क्षेत्रको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गर्न संयुक्त गस्ती गर्ने सहमति भएको जानकारी दिए। भारतीय अधिकारीसँग सबै खाले आपराधिक घटना नियन्त्रण गरी सीमास्तम्भको सुरक्षा गर्ने सहमति गरिएको उनको भनाइ छ।

जोगबनी भन्सार कार्यालयमा कडाइपछि सुनसरीका विभिन्न नाका हुँदै आपराधिक घटना बढ्न थालेको छ। सुनसरी जिल्ला प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा आपराधिक घटना नियन्त्रण गर्ने भएको छ।

भारतीय सुरक्षा अधिकारीले नेपालबाट अन्तर्राष्ट्रिय आतंकवादी भारततर्फ प्रवेश गर्न सक्ने र बिहार राज्यमा प्रतिबन्ध लगाइएको मादक पदार्थको अवैध ओसारपसार बढेको भन्दै नेपालतर्फ त्यस्ता गतिविधिलाई महत्वका साथ हेरी नियन्त्रणमा सहयोग मागेका छन्। सुनसरीका सुरक्षा अधिकारीले भारतबाट हातहतियार, लागुपदार्थ ओसारपसार अनि चोरी तस्करीका घटना बढेको भन्दै यस्ता अवैध क्रियाकलाप नियन्त्रणमा सहयोग गर्न भारतीय अधिकारीसमक्ष आग्रह गरेका छन्।

सीमा क्षेत्रबाट मानव तस्करी हुन नदिई दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए। पछिल्लो समय सुनसरी नाकाबाट हुने चोरी तस्करीमा संलग्न व्यक्ति पक्राउ गरी १० करोड रुपैयाँबराबरको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाइएको उनको भनाइ छ।

बैठकमा सुनसरीका प्रहरी प्रमुख अधिकारी, सशस्त्र प्रहरी प्रमुख श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख टीका पोखरेल अनि भारतीय सुरक्षा बल (एसएसबी)को वीरपुरस्थित ४५ औं बटालियनका प्रमुख मनोज सुनोल, सुपौल जिल्लाका प्रमुख रामानन्द कुमार र वीरपुर प्रहरीका प्रमुखको उपस्थिति थियो।

नेपालमा अपराध गरेका व्यक्ति भारतमा गई लुकेर बस्ने र भारतमा अपराध गरेका व्यक्ति नेपाल प्रवेश गरी लुकेर बस्ने गरेका कारण उनीहरूको खोजी गर्न सहयोग गर्ने सहमतिसमेत भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.