आफ्नै रगतले बनेको क्रिम लगाउँछिन् हेली
हलिउड : हलिउड पप गायक जस्टिन बिबरकी प्रेमिका तथा मोडेल हेली बाल्डविनले आफ्नै रगत प्रयोग भएको फेस क्रिम प्रयोग गर्ने गरेको बताएकी छन् । ‘फिमेलफस्र्ट डट को डट यूके’ नामक वेबसाइटका अनुसार २० वर्षीया मोडेल बाल्डविनले एक छाला विशेषज्ञसँग भेटिन् ।
उनले बाल्डविनको बायाँ हातबाट रगत निकाले अनि त्यसमा अन्य पदार्थ मिलाएर एउटा विशेष मेसिनद्वारा फिल्टर गरे । बाल्डविनले भनिन्, ‘म उनै छाला विशेषज्ञले दिएको लोसन प्रयोग गर्छु, जसमा मेरो आफ्नै रगत प्रयोग हुन्छ ।’ उनी आफ्नो छालाको विशेष ख्याल गर्छिन् ।
यसैबीच उनले प्रेमी जस्टिनसँग इन्गेजमेन्ट गरेकी छन् । हेलीले सामाजिक सञ्जालमा जस्टिनलाई किस खाइरहेको फोटो पोस्ट गरेर यसको पुष्टि गरेकी छन् । फोटो पोस्टमा उनले लेखेकी छन्, ‘जीवन बिताउन भगवान्ले मलाई जस्टिनजस्तो राम्रो पार्टनर दिएकोमा धेरै खुसी छु ।’